भरतपुर २५ भदौ,
स्वास्थनै ठुलो धन हो भन्ने मुल मन्त्र लाई मध्य नजर गर्दै भरतपुर २५ का तीन स्थानमा योग सिबिर संचालन भएको छ। केही बर्ष अघि देखि शिवालय योग सिबिर केन्द्रमा संचालन भएको योग सिबिर अहिले गोकर्णान्द र चैतन्यश्वर बाट पनि सन्चाल हुन थाले पछि युवा देखि वृद्ध सम्मको मन जित्न सफल भएको छ।
योग गर्नाले मानिसको स्वास्थ मात्र नभै सकारात्मक सोचमा पनि परिवर्तन आउने भरतपुर महानगर वडानम्बर २५ का वडा अध्यक्ष बिजय भुलले बताउनु भयो। भुजेलले आफ्नो वडामा अबको केही समयमा नै थप ७ स्थान गरि १० स्थान बाट योग सिबिर संचालन गरिने लक्ष्य रहेको बताउनु भएको छ।
इच्छाखबर संवाददाता












