मुग्लिन, १७ भदौ । चितवनमा एक आखाँका बिरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ । इच्छाकामना गाउँपालिका वडा न ५ मुग्लिनका शान्ता शेरचनलाई फेसबुक अभियनबाट नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुबाट रु २ लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको हो । उक्त रकम स्थानीयवासी राजेन्द्र लामाको पहलमा जुटेको हो ।
मनकामना केवुलकारमा सेल्स एण्ड मार्केटिङ अफिसर पदमा कार्यरत रहनु भएका लामा त्यस कम्पनिको कर्मचारी युनियनको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले फेसबुक मार्फत सहयोगका लागि अपिल गर्नुभएको थियो । उक्त रकम बराबरको चेक हरितालिका तिजको पवित्र दिनमा हस्तान्तरण गरिएको हो । अभियनता लामाले उपचारका लागि उक्त रकम सहयोग गर्नुहुने सबै सहयोगी मनहरूलाइ धेरै धेरै धन्यबादको साथै सबै सहयोगी मनहरुलाई उहाहरूको प्रार्थना र सहयोगले आज शान्ता शेरचन दिदी को उपचार सम्भव भएको बताउनु भयो। शेरचन विगत केही बर्षदेखि यता आखाँको समस्याले ग्रसित हुनहुन्छ । आखाँको सटर नखुल्ने समस्याले ग्रसित उनी नेपालमा उपचार हुन नसकेपछि भारतको लखनउमा उपचार गर्न आवश्यक सहयोग गरिदिन अभियन्ता राजेन्द्र लामा समक्ष पुग्नु भएको थियो ।

आर्थिक अभावका कारण उपचार गराउन असमर्थ रहेको परिवारले जनाएको बेला लामाले केवुलकार कर्मचारी कल्याणकारी कोष मार्फत शूरूमा १ लाख ५० हजार रूपैया सहयोग जुटाएर अभियान चलाउनु भएको थियो । उपचारपछि केही मात्रामा आखाँ देख्न थालेको छ तर पुर्णरूपमा निको हुन डाक्टरको सुझाव अनुसार अझै केहि समय लाग्ने अभियनता राजेन्द्र लामाले बताउनुभयो । फेसबुक अभियानसंगसंगै विभिन्न श्रोतबाट समेत गरी रू. ६ लाख १५ हजार रकम सहयोग संकलन गर्न समर्थ भएको अभियन्ता लामाले बताउनु भयो । सोही रकमले उपचार गरिएको थियो ।