विवेक अर्याल – धादिङ,
गत साउन २४ गते सर्लाहीे सदरमुकाम मलंगवावाट राजधानी काठमाण्डौ आँउदै गरेको ना ६ ख ७४६९ नं.को यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्र्तगत् धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ स्थित् सलाङघाट नजिकै मालिगांमा भएको दुर्घटनाका मृतक तथा घाईतेहरुको सम्झनामा आत्माको चिरशान्तिको कामना गर्दै तेर्हौ दिनको पुण्य तिथिको दिन पारेर घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन, शान्तिहोम , मौनधारण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
पृथ्वी राजमार्ग आसपासका युवाहरुको सक्रियता तथा लायन्स् क्लव अफ मलेखु टाउन, धादिङको आयोजनामा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको प्रमुख आतिथ्यता तथा लायन्स् क्लवका जोन चियर पर्शन संजय त्रिपाठीको अध्यक्षतामा दुर्घटनाका मृतक तथा घाईतेहरुको सम्झनामा दुर्घटना स्थलमा मौनधारण श्रदान्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख आतिथी रहेका धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले उक्त दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रदान्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी पाण्डेले आफुहरु त्यस दुर्घटना भएलगत्तैदेखी बेपत्ता तथा मृतकहरुको खोजी कार्यमा सक्रियता देखाएको समेत बताउनुभएको थियो । पृथ्वी राजमार्गमा अन्य राजमार्गको तुलनामा अत्यन्त दुर्घटना हुने गरेकाले जिल्ला प्रशासन कार्यालय धादिङ तथा राजमार्ग आसपासका नेपाल प्रहरी, शशस्त्र प्रहरी तथा नेपाली सेना २४ सै घण्टा सक्रियताका साथ सतर्क भएर बस्नुपर्ने समेत बताउनुभएको थियो । १३ औँ दिनको अवसर पारेर दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै लायन्स् क्लव अफ मलेखु टाउन, धादिङले श्रदान्जली शभा तथा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको प्रती प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा बेनिघाट रोराङ गाँउपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटि हरी, प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्रराई, बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ का अध्यक्ष भुवन त्रिपाठी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एस्.पी राजकुमार बैदवार, देबिदत्त गण गजुरीका गणपती शुदिप बानियाँ, जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रबक्ता, डिएस्पी रुपक खड्का, ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी प्रमुख तथा डिएस्पी खगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी निरिक्षक नेत्र भट्ट शसस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेश आदमघाटका सहायक बेशपती सहि ज्ञान बहादुर आले नेपाली कांग्रेस बेनिघाट रोराङ गाँउपालिकाका पार्टी सभापती ऋषी नाथ त्रिपाठी, नेपाली कांग्रेस सिद्धलेक गाँउपालिकाका पार्टी सभापती बिष्णु प्रसाद रुपाखेती, जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुका सहायक क्याम्पस प्रमुख दिवाकर कँडेल लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा गजुरी गाँउपालिकाले मलेखु प्रहरी चौकिलाई आकस्मिक उद्धार सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बेनिघाट रोराङ गाँउपालिका, गजुरी गाँउपालिका, भद्रकाली सामुदायिक बिकास समाज मलेखु, भद्रकाली मन्दिर व्यवस्थापन समिती मलेखु, भद्रकाली आमा समुह, भद्रकाली गुरुकुल लगायत स्थानिय संघ संस्थाका प्रतिनिधी तथा स्थानिय उद्धारकर्ताहरु समेतको सहयोग सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोजक लायन्स् क्लव अफ मलेखु टाउन धादिङका युवाहरुले राजमार्गका बिभिन्न स्थानहरुमा सुधार गर्नु पर्ने, राजमार्ग छेउका पर्खाल र जालीहरु मर्मत गरिनु पर्ने, नाली सफा हुनु पर्ने, घुम्ती तथा मोडहरुमा ऐना राखिनु पर्ने, विभिन्न स्थानमा चालक रिफ्र्रेस सेन्टरको स्थापना गरिनु पर्ने लगायत सुझाव दिएका थिए ।
कार्यक्रमका आयोजकको तर्फबाट बोल्दै लायन्स् क्लव अफ मलेखु टाउन धादिङका अध्यक्ष चित्र बहादुर मगरले दुर्घटना भएको दिनलाई स्मरण गर्दै आगामी दिनमा दुर्घटना न्युनिकरण गर्न तथा यस्तो घटना दोहोरिन नदिन सम्बन्धीत सम्पुर्ण निकायलाई गम्भीर हुन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा भद्रकाली गुरुकुल मलेखुका बटुकहरुले समेत स्वस्ती शान्ती मन्त्र बाचन गरेका थिए ।
गत साउन २४ गते शुक्रबार सर्लाहीको सदरमुकाम मलङ्गवावाट चालक दल सहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नं.को श्रृष्टी डिलक्स् बस बिहान करिव ३ बजे अत्याधिक गतीका साथ सलाङघाट स्थित् बन क्षेत्रको सडक मोडवाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर १५ जनाको मृत्यु हुनाका साथै ९ जना अझै बेपत्ता छन् ।
बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ५ जिल्लालाई समेत खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वी नवलपरासी, नवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी गर्न लागी परेका थिए । खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको समेत प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताउनु भएको थियो ।