काठमाडौं ः साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।

बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।

बुधबार सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

साउन ३ गतेदेखि उकालो लागेको सुनको भाउ साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिका९चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो। सुन भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए।