कुरिनटार  : चितवनको  कुरिनटार स्थित इच्छाकामना मन्दिर परिषरमा निर्माण भईरहेको आश्रमका लागि एकै व्यक्तले रु पाँच लाख सहयोग गरेका छन् ।कुरिनटार चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित इच्छाकामना मन्दिर परिषरमा निर्माण भईरहेको आश्रमका लागि एकै व्यक्तले रु पाँच लाख सहयोग गरेका छन् । स्थानीय वासी ध्रुवराज त्रिपाठीले आज मन्दिर परिषरमा एक कार्यक्रमकाबिच उक्त रकमको आज चेक हस्तान्तरण गर्नुभएको हो ।

आफ्नै गाउँ ठाउँमा भइरहेको सामाजिक कार्यमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको त्रिपाठीले बताउनुभयो । यस महान् कार्यमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । साथै कार्यक्रममा खोम प्रसाद त्रिपाठी र विजुला त्रिपाठीले रु ५१ हजार एक सय एक रुपैयाँ, पदम कुमारी सिलावलले पाँच हजार एक सय र श्रीमाय अधिकारीले रु पाँच हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।

एक करोड लागतमा बन्ने उक्त भवन बृद्धाश्रम, सत्तल, पुस्कालय सभाहल लगायत सामाजिक कार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताउनुभयो । समितिका उपाध्यक्ष रुद्रप्रसाद उप्रेतीले भवन निर्माण गर्न पूर्व नै उक्त सहयोग गर्ने प्रतिपद्धता जनाएपछि भवन निर्माणका लागि सुरुवात गर्न आफूहरुलाई बल पुगेको बताउनुभयो । यस भवन निर्माणका लागि गाउँपालिकाले गत बर्ष रु चार लाख सहयोग गरेको बताउनुभयो । साथै उहाँले अन्चय रकमहरु स्थानीय विभिन्न उद्योगी व्यवसायी तथा सामाजसेवीहरुको सहयोगमा भवन निर्माण भईरहेको बताउनुभयो ।

अहिले सम्म १९ लाख खर्च भईसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शंकर सिलवालले बताउनुभयो । यस पवित्र कार्यमा सहकार्य गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक बर्षमा ११ लाख रकम छुट्याइएको बताउनुभयो । गाउँको विकासका लागि सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो ।