चितवन  :  छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । रत्ननगर नगरपालिका १० टिकौली जंगल स्थित महेन्द्र राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आईरहेके ना ७ ख ८११२ नंम्बरको बस र बिपरित दिशाबाट गइरहेको बा १९ च ९०७५ नम्बरको कार आज विहान ४ बजे एक आपसमा ठोकिदाँ कार चालक चितवनको खैरहनी नगरपालिका २ बस्ने अन्दाजी ३०÷३१ बर्षका आसाराम महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भैरहेको छ भने कार, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैबीच गएराती नारायणगढबाट मुग्लिन तर्फ आउदैँ गरेको आँबुखैरनी गोरखा भारतिय भु.पु.सैनिकद्वारा संचालित बा २० च ९७९० नं. को एम्बुलेन्स गएराती १२ ः १५ बजे नारायणगढ – मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका वडा २९ स्थित भतेरी जंगलमा आँफै अनियन्त्रित भई सडक किनारामा पल्टिदाँ दुई जना घाईते भएका छन् । घाइते हुनेहरुमा एम्बुलेन्स चालक तनहुँ आँबुखैरनी गाउँपालिका ३ का ५३ बर्षिय ओम राज श्रेष्ठ र .गोरखा नगरपालिका स्थित मझुवा देउरालीका १८ बर्षिय हरी गुरुङ रहेका छन् । घाईते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।