भरतपुर २८ असार,
भरतपुर महानगरपालिका २०,२३,२४ र २५ गरि ४ वटा वडा केन्द्र बनाएर अमृतनगरमा आज ग्रामीण शिक्षा प्रालिको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
ग्रामिण शिक्षा प्रालिका प्रबन्ध निर्देशक बिकास चन्द्र घिमिरे ज्युको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी भरतपुर -२५ का वडा अध्यक्ष बिजय कुमार भुजेल बिशिस्ट अतिथी भरतपुर -२४ वडा अध्यक्ष कान्छा मल्ल र अतिथिमा पर्व सुधार समितिका केन्द्रीय महासचीव रहनु भएको थियो। ग्रामीण शिक्षाले शैक्षिक क्षेत्रमा सि.टि.इ.भि.टि का कार्यक्रम मन्टेस्वरी र सबै तह को ट्युसन कोचिङ सेन्टरको रुपमा रहने प्रबन्ध निर्देशक विकास चन्द्र घिमिरेले बताउनु भयो।
चेतनाको विकास ग्रामीण क्षेत्र बाट सुरु गर्नु पर्ने भन्दै विकास चन्द्र घिमिरे,सुमन सुवेदी,लेखनाथ भुसाल र सुजन बाबू भण्डारी गरि चार अभियान्ताले कार्यको थालनी गरिएको हो।