कुरिनटार  :  पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३  चुम्लिङ नजिकै खानीखोलामा बस र ट्रिपर एकआपसमा ठोक्किदाँ  १२ जना   घाईते भएका छन् । आज विहान काठमाडौँबाट दाङ आउदैँ गरेको ना ७ ख ६५४४ नम्बरको बस र मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको बा ४ ख ३०३४ नम्बरको ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।  घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।