असार १८ कुरिनटार,
इच्छाकामना गाउँपालिका सहित आसपासको सहिद लखन र गण्डकी गाउँपालिकामा करिब ६० घण्टा देखि अबरुद्द विद्युत लाइन सुचारु हुन सकेको छैन।
मुग्लिङ स्थिति मर्स्यांङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले बितरण गरेको विद्युत लाइन धन्नै ३ दिन देखि अबरुद्द हुदा समेत नियमित सुचारु गर्न नसकिएको संस्थाका प्रबन्धक कुमार श्रेष्ठले जानकारि दिनु भएको छ। विद्युतमा समस्या भए देखि नै सम्पुर्ण जनशक्ति प्रयोग गरि सुचारुको प्रयास गरिएको भएता पनि अधिकांस विद्युतको पोलमा अत्यधिक पुराना सामान प्रयोग भै रहेकोमा यो सालको बर्षा सुरु भए सङै एकै चोटि धेरै पोलमा समस्या आएकोले आफुहरु तत्काल विद्युत सुचारु गर्न असफल भएको उहाको स्पटोक्ती थियो।

बिग्रेको दिन देखि नै मुग्लिङ आसपास को क्षेत्रमा आकल झुकल बत्ती आयको भएता पनि चुम्लिङ र फिश्लिङ क्षेत्रमा बिग्रेदेखी बत्ती आउन सकेको थिएन। अहिले करिब रातिको ९:३० बजे पछि धेरै ठाउमा हाल्फ लाइन बलेको भएता पनि त्यो नियमित  हुन भने सकेन ।

विद्युतमा अत्यधिक समस्या आएपछी यश क्षेत्रका स्थानिय आक्रान्त बनेका छन भने सुचारु गर्न असफल भएको प्रती जनप्रतिनिधिको भुमिका माथी समेत प्रस्न उठाएका छन।