चितवन, १६ अुसार । चितवनमा बलात्कारको आरोपमा एक जना पक्राउ पेका छन् । २८ वर्षीया महिलाले आफूलाई विगत एक वर्षदेखि बलात्कार गरेको आरोपमा पीडित आफैँले असार १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।
पीडितको उजुरीका आधारमा पीडक माडी नगरपालिका ९ बस्ने वर्ष ५३ को एक व्यक्तिलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
महिलाले अन्तिम पटक असार १३ गते राति बलात्कार गरेको भन्दै नाताले कान्छा बा पर्ने व्यक्तिविरुद्ध उजुरी दिएकी प्रहरीले जनाएको छ ।