कुरिनटार, २३ जेठ । फिस्लिङमा पाँच दिने फोहोर व्यवस्थापन तालिम सम्पन्न भएको छ । वडा न ३ आयोजनामा फोहोर व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
तालिममा खेर जाने विभिन्न सामाग्रीहरुबाट सजावटका सामाग्री बनाउने तालिम दिइएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले खेर गएको खेर गएको बेकारका बस्तुहरुरलाई आकारमा बदली आत्मनिर्भर बन्न सकिने हुदाँ यस अभियानमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष गुरुङले यस अभियानले आम्दानीसंगै फोहोर व्यवस्थापन भई सरसफाईमा टेवा पुग्ने बताउनुभयो ।
उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
रीता पौडेलले आफुहरुले यस अघि फाल्ने गरेका फोहोरबाटै आम्दानी गर्न सकिने र सरसरफाई पनि हुने तालिमबाट सिकेको बताउनुभयो । पौडेलले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सके बहिस्कार नसके आकार भन्ने नारा सहित सरसफाईलाई सहयोग पु¥याउने र आर्थिक आम्दानी गर्न सकिने भएकोले तालिम प्रदान गरिएको वडाअध्यक्ष गोवद्र्धन अधिकारलिे बताउनुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत नरहरि सापकोटा, वडा न ५ का वडा अध्यक्ष मोदराज सिलवाल लगायतले बोलेका थियो ।
पाँच दिन सम्म चलेको तालिममा २६ जनाको सहभागिता रहेका थिए । प्रशिक्षकको रुपमा श्रीरेन्द्र प्रसाद पोखरेल रहनुभएको थियो ।
वडाअध्यक्ष गोवद्र्धन अधिकारी साभापतित्वमा समापन कार्यक्रमको सचिव रीता नेपालले संचालन गर्नुभएको थियो ।