कुरिनटार, २२ जेठ । तीन नम्बर प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले देशलाई समृद्धि, आत्मनिर्भर बनाउन र यूवाहरुलाई विदेश जानबाट रोक्न व्यावसायी कृषिमा जोड दिनु पर्ने बताउनुभएको छ । आज बुधबार चितवनको इच्छाकामना गाउँपालिकाले कुरिनटारमा आयोजना गरिएको आव २०७६÷ ०७७÷ बार्षिक निति कार्यक्रम र बजेट तजृूमा तथा आवधिक विकास योजना आव २०८०÷०८१) तर्जुमा विषयक अभिमुखिकरण गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले यस्तो कुरा बताउनु भएको हो । साथै मन्त्रीले लामाले उद्योग र पर्यटनलाई पनि व्यावसायिक ढङ्गबाट अगाडी बढाउनुपर्नेमा जोड दिनु भयो ।
मन्त्री लामाले भन्नुभयो “यदि हामीले यो खालको रणनिती अपनाउने हो भने कसैको छोराछोरी पनि विदेश जान नपर्ने, स्वदेशमा नै बस्ने वातावरण हुने र यस्तो भएमा बुढेशकालमा आफ्नो बाबुआमाको सेवा पनि गर्नुका साथै देशको पनि सेवा अवश्य हुन्छ।”


यस्तै यस्तो हुन सकेमा मात्र बल्ल देशको समृद्धि र विकाश हामीले चाहे झै हुने नत्र देश नै नहुने खतरा हुने तर्फ इङ्गित गर्नुभयो । युवापुस्ता जति विदेश जाने पुरानो पुस्ता जति बुढेशकाल लाग्दै स्वर्ग जाने भए पछि देश कसले जोगाउने भन्ने प्रश्न खडा भएको भन्दै सबै नागरिकले गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा लामाले अब हरेक राजनैतिक दलले एकअर्कामा मुड्की बजारेर बल देखाएर हैन हिजो चुनाव लड्दाको घोषणापत्र पढेर सम्झेर मिलेर विकाश गर्नुपर्ने बताउनुभयो । यस्तै सरकारले दुध किसानलाई प्रति लिटर १ रुपैयाँ अनुदान दिनुका साथै प्रदेशका करिब १३ स्थानमा कोल्ड स्टोरको स्थापना गर्ने तयारी भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।


इच्छाकामनाको समृद्धि र विकाशका लागि एकिकृत बस्ती विकसको मोडल लागु गर्नु पर्ने चितवनका प्रदेश सभा सदस्य घनश्याम दाहालले बताउनुभयो । ‘इच्छाकामनामा विशेष गरि पहाडी भुगोल भएको, बस्ती छरिएर रहेको हुनाले विकाश गर्न कठिनाई र लागत धेरै पर्ने हुनाले यसको एउटै मात्र समाधान भनेको एकिकृत बस्ती विकाश नै हो’ –उहाँले भन्नुभयो । यो ठाउँको जनता बर्ष दिन काम गरेर ६ महिना पनि खान नपुग्ने अवस्थामा रहेकोले यहाँको विकाश र समृद्धिका लागि फरक कोणबाट सोच्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद गीता वाग्लले चितवनको समग्र विकासका लागि इच्छाकामना गाउापालिकाको विकास गर्न आवस्यक रहेको बताउनुभयो । वाग्लेले भन्नुभयो“ जहाँ विकास पुगेको छैन आवस्यकताको आधारमा बजेट र कार्यक्रम ल्याई विकास गर्नुपर्छ । इच्छाकामना गाउँपालिका चितवनको दुर्गम भेग भएकाले विकासमा पछि परेको छ । समृद्धि चितवनका लागि इच्छाकामनालाई प्राथमिकतामा राख्न आवस्यक छ । ”


गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामना गाउँपालिका चितवनको विकट तर प्रशस्त सम्भावना बोकेको गाउँपालिका रहेकोले यसको विकाशका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभयो । तीनै तहको सरकार मिलेर काम गरेमा मात्र इच्छाकामना गाउँपालिकाको नागरिकले देखेको समृद्ध र विकशित इच्छाकामनाको सपना पुरा हुने बताउनुभयो । कृषि र पर्यटनको अत्यन्तै सम्भावना बोकेको इच्छाकामनामा पाइला टेक्ने पहिलो मन्त्रीको रुपमा कृषि मन्त्री नै उपस्थित हुने अवसर जुरेकोमा खुशी लागेको पनि उहाँले बताउनुभयो । ‘
उपाध्यक्ष कृतिकुमार श्रेठले समृद्धि इच्छाकामनाका लागि सबै एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । राजनतिकि लडाई सकिएको भन्दै उपाध्यक्ष श्रेष्ठले अब समृद्धिको लागि प्रतिष्पर्धा गर्नु पर्ने बताउनुभयो ।
प्रशासकीय अधिकृत नरहरि सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।