सुमन सुबेदि,भरतपुर

लागूऔषध दुर्वेसनीको बढ्दो बिद्यमान परिस्थितिले संसार भर चिन्ता बढाइ रहदा न्यूनीकरणका बिबिध उपाए अपनाइएको छ। त्यसै अनुरुप भरतपुर महानगर वडा नम्बर २५ ले आज युवा पुस्तामा बड्दो दुर्वेसनी न्यूनीकरणको लागि सचेतना मुलक र्‍याली तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

भरतपुर २५ बघेरघारिमा सम्पन्न कार्यक्रममा वडानम्बर २५ का वडा अध्यक्ष विजय भुजेलको प्रमुख आतिथ्यता थियो भने वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्ल सहितको विशेष उपस्थिती रहेको थियो।

विभिन्न नारा लेखिएक कार्ड र ब्यानर सहित सयौंको संख्यामा स्थानिए युवा बुद्धिजीवी बिद्यार्थी र संघ संस्था का प्रतिनिधि हरुको बाजागाजा सहितको र्‍यालीले वडा नम्बर २४ र २५ का विभिन्न स्थान परिक्रमा गरेको थियो।