कुरिनटार,२ जेठ । हिजो आज बाटोमा ट्रिपर देखेपछी सडक छेउमा हिडिँरहेका धेरै मानिसहरु आंतकित भइहाल्छ ,कतै ट्रिपरले आफैलाई किचिहाल्छकी । सबै ट्रिपर मान्छे मार्न मात्र चलाइएको जसरी मान्छेहरु ट्रिपर लाई यमराज भनेर सम्बोधन गर्छन। समाजिक सञ्जालमा ट्रिपर विरुद्ध धेरै लेख्ने गरिन्छ । सडकमा ट्रिपरको आंतक देखिन्छ ।
तर ट्रिपरसंग सम्बन्धित व्यक्तिहरु यस कुरालाई स्विकार गर्दैनन् । केही चालकको लापरवाहीले भएको दुर्घटनालाई लिएर सबै ट्रिपर चालकहरुलाई बद्नाम गरेको उनीहरु बताउँछन् ।ट्रिपर भनेर गाली गर्दा त्यस ट्रिपरसंग संबन्धित चालक सहचालक र मालिकलाई चै नमज्जा लाग्दो रैछ । उनीहरुका अनुसार सबै भन्दा ट्रिपर चालक र व्यासायी पीडित छन् । उनिहरु पीडित बन्ने गरेका हुन् सर्वसाधरणको गाली टोले गुण्डा, नेता  र ट्राफिक प्रहरीको सेटीङ रकमबाट ।
धादिङ बैरेनी घर भएका ट्रिपर चालक रमेश सेढाँईले भने “के हामी सडकका अपराधी हौ ? अपराधी हौ भने चल्न बन्द गर्दिन पर्यो होइन भने काम गर्ने वातावरण मिलाइदिन पर्यो।”त्यस्तै धादिङ मैदीका ट्रीपर चालक सोनुले पनि दुखेसो पोखे। ” सडकमा हामी आफै असुरक्षित छौ अन्य गाडीका चालक हरु भन्दा हामीलाई सर्बसाधरण र प्रहरीले फरक व्यवहार गर्छन। हामीले बोकिदिएको नदिका बालुवा बेचेर जनप्रतिनिधि गाडी चढेका छन तर हामलिाई कहिले सुख छैन हाम्रो बारे कस्ले सोच्दिने । ”

चालक र सहचालक को सडकमा हिड्दाको पीडा त कति हो कति झन साहुजीलाइ कति झन्झट होला। धन्दै आधा करोडमा ट्रिपर किनेर आफै ड्राइभर बनेर ट्रिपर चलाउदै आएका धादिङका बिमलले दुखेसो पोखे “यती धेरै दुख पाइन्छ भन्ने थाहा भएको भए अर्कै ब्यबसाय गर्थे ।अहिले भालुको कान समातेको जस्तो भएको छ न छोड्न मिल्छ न समाती राख्न सकिन्छ। पहिले पहिले कमाइ हुन्थ्यो आजकल प्रतिस्पर्धा धेरै छ ७०/८० किमि पर एक ट्रिपर बालुवा पु¥याएको त्यहाँको पार्टिले जम्मा ११/१२ हजार दिन्छन अझ उस्तै प्रशासनले दुख दिन्छ।” ट्रिपर बेच्न पाए बिदेश जाने सोचमा छन् उनी ।

अर्का आफ्नै खानी र आफ्नै अनि अन्यको ट्रिपर भाडामा लिएर चलाइ रहेका व्यावसायिको पीडा झन धेरै छ। बालुवा खानी चलाउनै गाह्रो छ गाउँका झ्याप्ले मुन्द्रे लाई हातमा लिनै पर्ने स्थानिए सरकारको लफडा,नजिकका गाउँ बस्तीका स्थानीय ले पनि बेलान बेला तनाब र दबाब दिने तल देखि माथी सम्मका लाई पैसा खुवाएर बालुवा बजार लाने व्यावस्था मिलायो त्यसपछी सुरु हुन्छ प्रहरी को लफडा ।

हाइवेका प्राय सबै प्रहरी चौकीमा अबैध तरिकाले पैसा नबुझाए बालुवाको गाडी चल्नै नपाउने रैछ्न। जहाँ भेट्यो त्यही ट्राफिकको आखामा ट्रिपर परि हाल्दो रहेछ । चेकिङ सकाएर साइडमा बसेका प्रहरी पनि ट्रिपर देखेपछी सडकमा आउछन् । त्यो ट्रिपरको गल्ती भएर होइन प्रहरीको सोचमा नै अहिले बालुवा गिटि बोक्ने ट्रिपर र तरकारी कुखुरा बोक्ने साना गाडी पैसा लिने सवारी हुन् भन्ने परेको छ ।

मासिक रुपमै पैसा लिन्छन धेरै प्रहरी चौकिले  त्यसरी मासिक रुपमा तिर्दा सस्तो पनि पर्दो रहेछ एउटा गाडीको मासिक १००० देखि ५००० सम्ममा बार्गेनीङ हुदो रहेछ। धेरै गाडी हुने लाई सस्तो कम हुनेलाइ महंगो प्रहरीको पनि आफ्नै नियम रहेछ पैसा उठाउने।

दैनिक १० वटा गाडी चलाउने उद्धेश्यका साथ मुग्लिङ र आबुँखैरेनी प्रहरी चौकीमा सेटिङ मिलाएका दाबी गर्ने एक व्यावसायिले भने –दुइवटा गाडिले पहिलो पटक तनहुँ बालुवा ढुवानी गरेको पहिलो दिन नै पुलिसले एउटा समातेर मुग्लिङमै राखिदियो। हाम्रो गाडीको गल्ती भनेको बिलबुक थिएन ।धादिङ तिरको चौकीमा थियो बिलबुक सेटिङ भएको चौकी पैसा त तिर्नु पर्दैन हामीले मासिक तिरेका छौँ तर लिन चै जानू पर्छ । बिलबुक साथमा नभए पनि गाडी र बोकेको सामान बैधानिक प्रमाणीत हुने सबै कागज पत्र पेश गरेपनी मुग्लिङ ट्राफिक प्रहरिले गाडी छोड्न नमानेपछी ट्रिपर संचालक आफै आए अनि सुरुभयो बार्गेनीङ तल्लो तहका प्रहरीसंग लगभग मासिक २ हजार ५०० मा एउटा ट्रिपर बार्गेनीङ भएको थियो। एकाएक माथिल्लो दर्जाका प्रहरी आएर जंगिए गाडी तस्करी अभियोगमा जिल्ला चलान गरिदिने धम्की दिए । त्यस पश्चात बढ्यो प्रती गाडीको रेट अन्तत ३ हजार ५०० मा मासिक एउटा गाडीमा सहमती भयो। त्यसपछि प्रहरीबाट आश्वासन समेत पाए । अब हाम्रो एरियामा कागज पत्र समातिए रसिद नलिनु सिधै अफिस आउनुस लैजानुस क्या काइदा सेटिङ।
आबुखैरेनीको पनि समस्या उस्तै त्यहाँ चै सस्तै मा बार्गेनीङ गरियो एउटा गाडिको मात्र २ हजार ५०० मा ।
सेटिङ गरेर पैसा लिएको विषयमा मुग्लिङ ट्राफिक प्रमुख इन्द्र घिसिङसंग प्रतिक्रिया लिदाँ उनले भने –मुग्लिङ एरियामा शुन्य सहनशिलता अपनाएका छौँ, पैसाको लागि कुनै पनि र कोहि संङ बार्गेनीङ  गरेका छैनौँ ,अफिसका कसैले लुकिछिपी गरेको भए तत्काल बुझेर कारबाही गर्ने र ओभर लोड बोक्ने ट्रिपरलाई रु १ हजार ५०० जरिवाना तिराउने गरेका गरेका छौँ ।
त्यसरी सबै ठाउमा आतंक झेल्दै पैसाको बिटा बुझाउदै ग्राहक सम्म पुगेको बालुवा गिटिको भाउ सामान्य जनताले थेग्न नसक्ने छ प्राकृति सम्पदाको दोहन झन बढेको छ जसरी पनि मर्कामा पर्ने त जनता नै हुन् ।

इच्छाखबरको टिम धादिङ गोर्खा र चितवनको बालुवा खानी अवलोकन पश्चात् तयार पारिएको रिर्पोट ।