कुरिनटार
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको प्रमुख बजार क्षेत्रको फोहोर सिदै त्रीशुली नदि छेउमा खसालिने र धेरै भय पछि पोल्ने गरिदा पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्धको सास्ती भोग्ने गरेका छन। चौबीसै घण्टा ब्यस्त राजमार्गमा रहेको मुग्लिन बजार, कुरिनटार, फिस्लिङ, चुम्लिङटारलगायतका क्षेत्रमा दैनिकरुपमा संकलन हुने फोहोर सिधै त्रिशूलीमा फाल्ने र पोल्ने गरिएको हो ।
इच्छाकामनाको तीन वटा वडा जुन बजार क्षेत्रमा पर्दछन त्यहा बाट मात्र दैनिक लगभग ३ टन फोहोर निस्कन्छ। फोहोर ब्यबस्थापनका लागि वडा नम्बर ३,४ र ५ को समन्वयमा वडा नम्बर ४ को सोता बगरमा करिब ८ लाख लागतमा ल्याण्डफिल्ड साइड निर्माण गरियको भए पनि ब्यबस्थित गरि संचालन गर्न नसक्दा स्थानिय फोहोर नदिमा फाल्न बाध्य बनेका हुन।
बर्तमान प्रचलित कानुन अनुसार प्लास्टिक जन्य फोहोर जलाउन निषेधित छ ।इच्छाकामनाकै सामाजिक अगुवा श्रीरेन्द्र प्रकाश पोखरेलले देशका विभिन्न स्थानमा प्लास्टिक जन्य पदार्थको पुनःप्रयोग र सहि ब्यबस्थापन को लागि अभियाननै चलाउदै तालिम दिदै हिड्नु भयको छ। त्रीशुलीनदि बचाउ अभियानका कारण त्रीशुली नदिमा जुनसुकै फोहोर फाल्न झन ठूलो नियम उल्लंघन हो । तर इच्छाकामना गाउँपालिका प्रमुख,उपप्रमुख र वडानम्बर ३,४ र ५ का वडा अध्यक्ष को घर नजिकै फोहोर नदिमा फाल्ने र जलाउने गरिरहदा समेत स्थानीय र पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेले दुर्गन्धको सास्ती भोगेको प्रती अझै बेमत्तलबी रहेका छन जस्ले सुन्दर इच्छाकामना परिकल्पनामा पहिलो गासमै ढुंगा भने जस्तै भएको छ।दैनिक हजारौंले यात्रा गर्ने पृथ्वी राजमार्गमा इच्छाकामनाको फोहोरको दुर्गन्धले पक्कै राम्रो सन्देश दिदैन,यसको समाधनको लागि जिम्मेवार ब्यक्तिको ध्यान जान आबस्यक रहेको छ।
तस्बिर: सामाजिक संजाल बाट