राइनाश, २१ फागुन । प्रथम नब स्मृति कप भलिबल प्रतियोगिता २०७५ को उपाधी शसस्त्र प्रहरी बल बिपद् ब्याबस्थापन तालिम केन्द्र एपीएफ कुरिनटारले जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक नब स्मृति युवा परिवार राइनश (ए) लाई पराजित गर्दै एपीएफले उपाधी जित्न सफल भएको हो ।

प्रथम हुने टिम एपिएफले नगद रु.५०,०००, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । दोश्रो हुने टिम आयोजक नवस्मृति युवा परिवार (ए) ले नगद रु ३० हजार ,ट्रफी  र प्रमाण पत्र तथा तेश्रो हुने टिम छिम्केश्वरी यूवा क्लब आँबुखैरेनीले रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा (नब स्मृति )का योगेन्द्र गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट सर्बर नब स्मृतिकै विशाल गुरुङ भए ।
यसैबीच उत्कृष्ट डिफेन्स राजन दर्लामी मगर (नब स्मृति ), उत्कृष्ट कोच बिरेन्द्र बम( एपीएफ )कुरिनटार , उत्कृष्ट सेटर  सुजन चोरवाल (नब स्मृति ), उत्कृष्ट स्पाइकर राजकुमार निरौला ( एपीएफ) र उत्कृष्ट क्बिकर भिम बहादुर डागी (एपीएफ) कुरिनटार घोषित भएको आयोजक नब स्मृति युवा परिवारका अध्यक्ष लक्ष्मण काप्रीले जानकारी दिनुभयो । ।

विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा  सदस्य चुडामणी खड्काले पुरस्कार वितरण गुर्नभयो ।

साथै क्लबले गोरखाका ख्याती प्राप्त राष्ट्रिय तथा एसियन भलिबल रेफ्रि बिकास गुरुङ, नेपाली राष्ट्रिय भलिबल खेलाडी धन बहादुर भट्ट र क्लबका पूर्वअध्यक्ष यूवाज परियारलाई सम्मान गरिएको थियो ।