इच्छाकामना गाउँ पालिकाको सुगम मानिने वडा नम्बर ३ चुम्लिङ टार बत्ती को पर्व तिहार नसकिदै तीन दिन देखि अन्धकारमा रहेपनी सम्बन्धित निकाय मौनबनेको छ। सडकबिभाग र स्थानिय सरकारको पहल मा टोल बिकास समितिले सडकको दुबै तर्फ १५/१५ मिटर सफा गर्ने क्रममा बिद्युत लाइन सर्टभयर ट्रान्सर्फमर मा राखिएको मिटरमा क्षेती भय पछि बिद्युत अबरुद्ध भयको हो। चाड बाड को बेला बिजुली बत्ती बाल्न नपाय पछि स्थानिय आक्रोशित भयका छन।सामान्य मिटर मा क्षेती भयको भय पनि यश क्षेत्र को विद्युत हेर्ने संस्थाले ले विद्युत सुचारु गर्न तत्परता नदेखायको स्थानियको आरोप छ। धेरै होटल हरु र ब्यबसाय भयको चुम्लिङ टार मा विद्युत नहुदा जीवन कस्टकर बनेको छ। ठुला होटल र यहि बाटो हुँदै बिस्तारित भयको अन्य क्षेत्रमा लाइन सुचारु भयको ले संबन्धित निकाय ले सुचारु गर्न तत्परता नदेखायको हुन सक्ने समेत स्थानियको आरोप रहेको छ। स्मरण रहोस यो भन्दा पहिले समेत चुम्लिङ टार मा यहि बाटो बाट बिस्तारित लाइन ४ किमि पछाडि बिग्रदा समेत अन्धकार हुने गरेको थियो। बारम्बार ब्यक्तिगत तथा समुहगत रुप मा संबंधित निकाय लाई थप फियुज हाल्न पहल गर्दा पनि अटेरी गरेको स्थानिय बताउछन।