चैत्र २० कुरिनटार, चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउपालिका कार्यलयमा लागेको ताला खुलेको छ। वडानम्बर ३ को वडा कार्यलय राख्ने विषयमा भयको विबाद चर्किदा चैत्र १९ गते बिहान ८ बजे देखि वडा ३ कै असन्तुष्ट स्थानियबासी हरुले ताला बन्द गरेका थिय । हाल गाउँपालिका कै कार्यलय बाट सन्चालित वडा ३ को कार्यलय बन्द गर्दा पूरा गाउँपालिका समेत बन्द भयको थियो। गाउँ भेला नगरी वडा कार्यसमितिको बहुमतको आधारमा अस्थाइ वडाकार्यलय धेरै लाई अपायक पर्ने फिश्लिङमा राख्ने तयारी गरेपछी वडाका अन्य स्थानका बासी आन्दोलित भयकाथिय।

आज बिहान  गाउपालिका अध्यक्ष गिता गुरुङ,उपाध्यक्ष कृति कुमार श्रेष्ठ ,वडाअध्यक्ष गोबर्धन अधिकारीको रोहबरमा  असन्तुष्ट पक्ष बिच अब ३० दिन भित्र गाउँ भेला गरि नया निर्णय लिने र पुरानो निर्णय कार्यन्वयन नगर्ने मौखिक र लिखित सहमती भयपछी आन्दोलन को नेतृत्व गर्दै सहभागीको समर्थनमा वडा ३ कै स्थायी वासी एकराज शर्माले ताला खोलिदियपछी बन्द रहेको गाउपालिका कार्यलयमा खुलेको हो।

vdo हेर्न यहाँ तल click गर्नु होला