चितवन, २४ कात्तिक । माओवादी केन्द्र नेता तथा चितवन प्रदेश न २ ‘क’ का बाम गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल ‘अविनास ’ले कांग्रेसले रुख काटेर हलो बनाएको बताउनुभएको छ ।
आज ईच्छाकामना ४ कुरिनटारमा भएको संयुक्त बाम गठबन्धनको बैठकमा बोल्दै नेता अविनासले कांग्रेसले रुख काटेर हलो बनाएको तर अहिले त्यो हलो भाँचेर चक्नाचुर भएको बताउनुभयो ।
“उहाँले भन्नुभयो, ‘कांग्रेसले रुख काटेर हलो बनाएको तपाईलाई थाहा छ नी,हैनर ?, रुख काटेर हलो बनाए, त्यो हलो चै चितवन जिल्लामा चक्नाचुर भाको छ भाँचिए र। बद्री तिमिल्सिना हिजो हस्ती, पंचको हस्ती होईन बद्री तिमिल्सिना भनेको  ? उसको ४० बर्षे राजनितिक इतिहास परिवर्तन गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।”
साथै उहाँले स्थानिय तहको चुनावमा ईच्छाकामनाको ७ नम्बर वडामा कांग्रेसले रातारात पैसा बाडेर चुनाव जितको आरोप लगाउनुभयो । अव त्यो स्थिति नरहेको बताउदैँ नेता अविनासले जनताले बुझीसकेकोले बाम गठबन्धनको जित निश्चित भएको दाबी गर्नुभयो ।

बाम गठबन्धन ईच्छाकमना गाउँपालिकाको संयुक्त बैठकले माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज प्रताप गुरुङ र एमालेका तर्फबाटडिवि गुरुङको संयुक्त संयोजकमा  १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
साथै बैठकले चन्द्रमणी सापकोटाको संयोजकमा ७ सदस्यीय प्रचार प्रसार समिति पनि गठन गरिएको छ ।