चितवन, २४ कात्तिक । नेकपा माआवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको अभिमतबाट अबको एक दशक विकासको युग हुने दावी गरेका छन् ।
मैले एक दशक विचार, एक दशक युद्ध, एक दशक शान्ति प्रक्रियाका लागि दिए उनले भने तर अब देश समृद्धि र विकास चाहेको त्यसैले मेरो अब एक दशक विकासका लागि हुनेछ ।
वामगठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार बनेको प्रचण्डलेभरतपुर वडा नं.९ मा आयोजित घरदैलो अभियान पछिको सभालाई सम्बोधन गर्दै चितवनको अभिमतबाट देशको समृद्धिको नेतृत्व गर्ने चाहना बोकेर आफू चितवन आएको बताउनु भएको छ ।
‘ चितवन जिल्ला अग्रगामी सोचको नेतृत्व गर्ने जिल्ला हो उनले भने । चितवनबाट निर्वाचित भएर, यहाँहरुकै अभिमत लिएर देशको समृद्धिको नेतृत्व गर्ने संकल्प लिएर आएको छ ु। यो मेरा लागि अवसर पनि हो। घरदैलोको क्रममा तपाईहरुमा जुन उत्साह देखियो, जुन ममता र हार्दिकता पाएँ, त्यो मेरा लागि प्रेरणा र उर्जा भएको छ ’
विकास नै मुख्य सबैभन्दा ठूलो चाहाना नेपाली जनताको भएको भन्दै वामवन्थी नेतृत्व सरकारले अहिले भन्दा ५ गुण बढी समृद्ध बनाउने दावी गरे ।
‘उनले भने, वामपन्थीहरु चितवनका पनि ९ वटै क्षेत्रमा विजयी भएभने र केन्द्रमा वियजी सूनिश्चित छ, अरु कुनै सपना छैन् विकासलाई केन्द्र विन्दु बनाउनेछौँ । ’
दश भित्र नेपाललाई र प्रत्येक नेपाली घर परिवारहरुको अािर्थक समृद्धी ५ गुण होस् भनेर योजना बनाएको बताउदै यो आर्दशवादी नभई गर्न नसकिने योजना भएको स्पष्ट पारे ।
सोही अवसरमा उनले आफु घरदैलोमा जादाँ जनताले विकाससगैँ, सानो बाटो छ, पिच, ठूलो बाटो निर्माण र ड्रेनको समस्या, वस ट्रमिर्ननल विस्तार गर्न सुझाव दिएको समेत जानकारी गराउदै ति कुरामा आफु प्रतिवद्ध भएको बताए । साथै भरतपुरको वडा नम्बर ९ पर्यटनको विकासको सम्भावना, औद्योगिक र समृद्धीको सम्भावना भएको वडा समेत भएको बताए ।
’‘जहिले पनि अस्थीरता, जहिले पनि अस्थीर सरकार, यसले देशमा विकास हुन सकेन अध्यक्ष प्रचण्डले भने अस्थीर राजनीतिको रोगबाट देशलाई बचाउनुछ । त्यसका लागि हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्प गरेका छौं । अबको दशक समृद्धिको दशक हुनेछ, समाजवादको दशक हुनेछ ।’
उनले सोही अवसरमा आउदो एक दशकमा नेपालले कायापलट गर्ने दावी पनि गरेका छन् । मनोनय दर्तापछि चितवनमा हिजो आएका प्रचण्ड आज र भोली र पार्स सम्म विभिन्न वडाहरु घरदैलो गर्ने कार्यक्रम छ ।