काठमाडौं,२२ कात्तिक । नेकपा एमाले–माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकताको तयारी गरेपछि एकले अर्को दलको नेतालाई कार्यक्रमको प्रमुख अतिथि बनाउने अभ्यास सुरु गरेका छन् ।
माओवादी केन्द्रले वुधबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथि बनेका हुन् । भेलालाई सम्बोधन गर्दै नेता नेपालले एउटै विचार र लक्ष्य लिएका धेरै पार्टी आवश्यक नभएकाले दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानको सुरुवात भउको बताए । वाम एकताले राजनीतिक स्थायित्वसहित मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लैजाने उनले दाबी गरे ।
कांग्रेसले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि कहिलै अग्रशरता नदेखाएको भन्दै राष्ट्रियता जोगाउनका लागि कम्युनिष्टहरुले मुलुकको नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको नेपालले बताए ।