चितवन, कार्तिक,२२ । जिल्ला प्रशासन कार्यालय चितवनले वैध वा अवैध रूपमा राखिएका सबै हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
कात्तिक मसान्तसम्म हतियार बुझाउने म्याद दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । त्यसपछि हतियार फेला पारे कडा कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
चितवनमा एक सय ८७ हतियार दर्ता भएका छन् । दर्ता नगरी र नविकरण नगरी हतियार राखिएको भए तत्काल बुझाउन आग्रह गरिएको र अटेर गरेमा हतियार खोजीमा प्रहरी टोली पचिालन गरिने चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
वैध हतिायार फिर्ता गराइएको र अहिलेको निर्वाचनलाई ध्यानमा राखेर पुन हतियार बुझाउन आह्वान गरिएको थापाले जानकारी दिनुभयो ।
जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान, गुण्डा नियन्त्रण अभियान र नाका क्षेत्रमा कडा निगरानी थालिएको छ । चितवनमा एक सय ६१ मतदानस्थलमा चार सय आठ मतदान केन्द्र तोकिएको छ । हरेक स्थलमा अवस्था हेरेर ११ देखि ४९ जनासम्म प्रहरी परिचालन हुने प्रहरीले जनाएको