इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने
चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लवको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुन लागेको हो । आज दिउँसो भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिता बारे जानकारी दिएको थियो ।
प्रवेश शुल्क १ हजार रहेको प्रतियोगिता पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार...









