देश / समाज

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ
काठमाडौँ :  मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका( ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो...

१० हजार नक्कली मतपत्रसहित पर्साबाट दुई जना पक्राउ

१० हजार नक्कली मतपत्रसहित पर्साबाट दुई जना पक्राउ
वीरगञ्ज  :  नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मीलाई पक्राउ गरिएको हो । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरिएको थियो । कलैयातर्फब...

मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध

मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध
काठमाडौं  : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन। मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो अवधिमा दल तथा उम्मेदवारको पक्ष...

घरदैलोको अन्तिम दिन उमेश श्रेष्ठलाई मतदाताले दिए अग्रिम जितको शुभकामना

घरदैलोको अन्तिम दिन उमेश श्रेष्ठलाई मतदाताले दिए अग्रिम जितको शुभकामना
चितवन : मंसिर ४गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ । उमेद्वारहरु चुनाबी अभियानको आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन । चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको छ । चुनावी प्रचार अभियान अन्तिम चरणमा आउने क्रममा चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १० मा घरदैलो तथा विभिन...

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु
काठमाडौं  : मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई...

ऑबुखैरेनी गाउँपालिकाद्वारा इप्रकालाई मोटरसाइकल हस्तान्तरण

ऑबुखैरेनी गाउँपालिकाद्वारा इप्रकालाई मोटरसाइकल हस्तान्तरण
आँबुखैरेनी :  तनहुँको ऑबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । ऑबुखैरेनी क्षेत्रको शान्ति सुरक्षा सहज बनाउन गाउँपालिकाले एक थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले इप्रकाका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई बुधबार मोटरसाइकल हस्तान्तरण गनुृभयो । प्रहरीलाई साधन स्रोत कम रहेको अवस्थामा मोटरसाइकलले सहयोग पुग्ने चुमानले विश्वास व्यक्त गर्नुभयो । उक्त मोटरसाइकल सामुदायिक प्रहरी साझेदारी कार्...

चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार श्रेष्ठको प्रचारमा रहेको गाडी तोडफोड

चितवन क्षेत्र नम्बर २ का  उम्मेद्वार  श्रेष्ठको प्रचारमा रहेको गाडी तोडफोड
चितवन : नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं.२ मा उम्मेदवार रहेका उमेश श्रेष्ठको कार तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले भरतपुरमा आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

इच्छाकामनाको उपर्दाङगढी, तेर्से र डाडाँगाउँमा घनश्याम दाहालको घरदैलो

इच्छाकामनाको उपर्दाङगढी, तेर्से र डाडाँगाउँमा  घनश्याम दाहालको घरदैलो
उपर्दाङगढी : लोकतान्त्रिक बाम गठबन्धनका चितवन क्षेत्र नम्बर २‘क’ प्रदेशसभा सदस्यका उम्मेद्वार घनश्याम दाहाल अभिनासले चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ मा रहेको एतिहासिक उपर्दाङगढीको संरक्षण र विकासका लागि आफु निरन्तर लागीरहने बताउनुभएको छ । आज घरदैलो अभियानका क्रममा उपर्दाङगढी पुग्नुभएका दाहालले यस अघि आफुले यहाँको पर्यटन विकासका लागि पुर्वाधार निर्माणको काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको हो । आफुले प्रदेस सरकारबाट यहाँ ५० लाख बजेट उपलब्...

डा. स्वर्णीम वाग्ले भन्छन् –अर्जुननरसिंह केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउछ

डा. स्वर्णीम वाग्ले भन्छन् –अर्जुननरसिंह केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउछ
बिदुर : चर्चित अर्थवीद् एवं राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले काँग्रेस नेता अर्जुननरसिंह केसी देशभरका युवाहरुको प्रेरणाको स्रोत भएको वताउँदै केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउने धारणा ब्यक्त गरेका छन् । ब्यक्ति उमेरले युवा हुने नभई उसमा रहेको सोच तथा देश र जनताको समृद्धिका प्रतिको सोचले नै उसको ब्यक्तित्व मापन हुने भएकाले युवाको नाममा दिईने नाराको अर्थ नरहेको डा. वाग्लेको भनाई थियो । सोमबार लोकतान्त्रिक बाम गठबन्धनको नुवाकोट निर्वाचन २ समितिले ब...

तोडफोड भएको सवारी गठबन्धनले मर्मत गर्ने सहमती

तोडफोड भएको सवारी गठबन्धनले मर्मत गर्ने सहमती
चितवन  :  चुनावी अभियानको क्रममा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेको सवारी साधन मर्मत गर्ने सहमती भएको छ । आइतबार चितवन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना ४ लेवाटारमा घरदैलो हुदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गर्दै आएको बा  १४ च ७६८४ नम्बरको सवारी गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए । चुनावी अभियानको क्रममा दुई पार्टीको घरदैलो तथा ¥यालीबिच भेट हुदाँ कार्यकर्ताहरुबिच भनाभन भएपछि गठबन्धनका कार्यकर्ताहरुले गाडी तोडफोड गरेका थिए । उक्त झडपमा २ जना सामान्य घाइते ...