देश / समाज

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित
मंसिर ९ , चितवन ।प्रदेश सभा चितवन क्षेत्र न.३ (२ ) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।

चितवनमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

चितवनमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु
चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। मृत्यु भएका पुरुषको पहिचान भने नखुलेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुरका ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएपछि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। &nb...

धन्यवाद सभाको लागि रवि लामिछाने भोलि कुरिनटार आउदै।

धन्यवाद सभाको लागि रवि लामिछाने भोलि कुरिनटार आउदै।
कुरिनटार- चितवन क्षेत्र २ बाट अत्याधिक मतान्तर सहित बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धन्यबाद सभाकोलागि भोलि कुरिनटार आउने भएका छन ।  विजयी र्‍याली नमनाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा धन्यवाद सभा गर्ने क्रममा  भोलि बिहान ११ बजे कुरिनटार फुटबल मैदानमा धन्यवाद सभा गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

रबि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

रबि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी
चितवन :  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । छामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।  

चितवन २ को प्रदेशसभा (२ )मा कांग्रेसका उत्तम जोशी विजयी

चितवन २ को प्रदेशसभा  (२ )मा कांग्रेसका उत्तम जोशी विजयी
चितवन :   चितवन क्षेत्र नम्बर २ को २ को प्रदेश सभामा नेपाली कांंग्रेसका उत्तम जोशी विजयी हुनुभएको छ । जोशीले १३३०६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका देबी ज्ञावलीले १२७४४ मत प्राप्त गर्नु भएको छ । जोशी ५६२ मत अन्तरले विजयी हुनुभएको हो ।

चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी

चितवन २ प्रदेशसभा १ मा कृष्ण सिलवाल विजयी
चितवन :  चितवन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा १ मा नेकपा एमालेका कृष्ण सिलवाल विजयी हुनुभएको छ । गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका घनश्याम दाहाललाई पराजित गर्दै सिलवाल विजयी हुनुभएको हो ।

गुल्मीमा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु, चार जना घाइते

गुल्मीमा जीप दुर्घटना  हुदाँ पाँचजनाको मृत्यु, चार जना घाइते
गुल्मी :  जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता

चितवन २ मा निरन्तर मतको अग्रता बढाउँदै रबि , सात हजार बढीको अग्रता
चितवन:  चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा रबिले ७ हजार ३९२ मतले अग्रता लिएका छन् । रबिले १३ हजार ६४१ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । इच्छाकामना गाउँपा...

चितवन २ मा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

चितवन २ मा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल
  चितवन, ६ मंसिर । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।  चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३८७९ र कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् । इच्छाकामनामा तेश्रो बनेका रबिले कालिकाबाट अग्रता लिएका हुन् ।

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
चितवन :  चितवनमा मत गणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मत गणनास्थलको सुरक्षामा व...