देश / समाज

आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान
काठमाडौं  :  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतः सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतः सफा रहनेछ। तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू– भागमा तापक्रम क्रमिक ...

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने
काठमाडौँ  :  आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ । पू...

मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु

मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु
चितवन :  नारायणगढ– मुग्लिन सडकखण्डमा टिफर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ६ :  ४५ बजे मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको बा२ख ७४६२ नं. को टिफर इच्छाकामना ५स्थित तीन नम्बर पुलबाट आफैँ अनियन्त्रित भई सडकदेखि २० मिटर तल तुईन खोलामा खस्दा चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बस्ने बर्ष ४२ को सन्त बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

चितवन सहायता कोष बेल्जियमद्वारा इच्छाकामनाका चेपाङ विद्यार्थीलाई न्यानो कपडा बितरण

चितवन सहायता कोष बेल्जियमद्वारा इच्छाकामनाका चेपाङ विद्यार्थीलाई न्यानो कपडा बितरण
इच्छाकामना :  चितवन सहायता कोष बेल्जियमले इच्छाकामनाका ११७ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् । चितवन सहायता कोष बेल्जियमको सस्थापक अध्यक्ष सीता सापकोटाको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच चितवनको इच्छाकामना १ स्थित श्री जिवन ज्योति राष्ट्रिय आधारभुत विद्यालय मेतराङका ११७ जना चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ,क्याट बेल्जियमका सचिव सागर अधिकारी,साहित्यकार गी...

इच्छाकामना ७ को नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन

इच्छाकामना ७ को  नवनिर्मित भवनको  गाउँपालिका अध्यक्ष गुरुङद्धारा  उद्घाटन
अमृता गुरुङ सिमलढाप  : इच्छाकामना गाउँपालिकाको वडा नं.७ ले आफ्नै भवनबाट सेवा थालेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल,प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललगायतको उपस्थितिमा वडा कार्यालयको प्रशासनिक भवनको शुभारम्भ गरेपछि वडाको सेवा सोही भवनबाट प्रदान गर्न सुरू भएको वडाअध्यक्ष बमबहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिको ३० लाख र पालिकाको ३१ लाख र...

स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस आज

स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस आज
काठमाडौं : स्वरसम्राट नारायणगोपालको ३२औँ स्मृति दिवस। नेपाली संगीतका महान् गायकका रूपमा उनी चिनिन्छन्। काठमाडौं किलागलमा विक्रम संवत् १९९६ असोज १८ गते उनको जन्म भएको थियो। शास्त्रीय संगीत साधक पिता आशागोपाल गुरुवाचार्यको छत्रछायामा रहेर उनी संगीततर्फ आकर्षित भएका थिए। तर शास्त्रीय संगीत छाडेर आधुनिक गीततर्फ लागेपछि आशागोपाल उनीसँग रुष्ट भए। तर बुबाकै इच्छा पूरा गर्न नारायणगोपालले पछि भारतको बरोडा गएर शास्त्रीय संगीत सिके। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न ...

विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा इच्छाकामनाको पामडाँडा

विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा इच्छाकामनाको पामडाँडा
चितवन :  पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ । ...

समानुपातिकमा एमालेको अग्रता कायमै, कुन दलले कति पाए ?

समानुपातिकमा एमालेको अग्रता कायमै, कुन दलले कति पाए ?
काठमाडौँ :  समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ...

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले सामाजिक सञ्जाल फेसबुक मार्फत चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको सार्वजनिक गर्नुभएको हो । उहाँले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताउनुभएको छ । साथै लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्न...

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी
चितवन :  प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ । रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो । पाण्डेले ३५०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका र...