देश / समाज

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्। मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस ...

लाइभ कन्सर्टका लागि चितवन आइपुग्यो नेपथ्य टिम

लाइभ कन्सर्टका लागि चितवन आइपुग्यो नेपथ्य टिम
चितवन :  चितवनको नारायणगढस्थित क्याम्पा चौरमा यही मंसिर २५ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि यहाँ आज आइपुगेको मुख्य गायक अमृत गुरुङ सहितको नेपथ्य समुह चितवन आइपुगेको छ । आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको समुहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गर्नुभएको हो । नेपथ्य टिमलाई स्वागत गर्न आश्रमका अभिभावक तथा समाजसेवी बालगोपाल चुके, गुणराज दाहाल, पुष्प धिताललगायतको सहभागिता थिय...

गुडिरहेको स्कर्पियोमा आगालागि भएपछि…

गुडिरहेको स्कर्पियोमा आगालागि भएपछि…
गोरखा  :  गोरखामा गुडिरहेको गाडीमा आगलागी भएर पुर्ण रुपमा जलेर नष्ट भएको छ । बेनिघाट आरुघाट सडक खण्ड अन्तर्गत पर्ने गण्डकी गाउँपालिका ७, चुल्ठे भीरमा स्कर्पियो गाडीमा अकस्मात आगलागी भएको प्रहरीले जनाएको छ। स्कार्पियोमा रहेका यात्रुहरु भने सबै सुरक्षित रहेको प्रहरीको भनाइ छ । गाडीमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना अपडेट : घाइते मोटरसाइकल चालक विदेशी नागरिकको मृत्यु

दुर्घटना अपडेट : घाइते मोटरसाइकल चालक विदेशी नागरिकको मृत्यु
इच्छाकामना  : आज विहान भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमांडौ जादैँ गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश०३–००१ च १६८२ नं. को तरकारी बोक्ने बलेरो गाडी आज विहान १० बजे एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पासपोर्ट नम्बर  g+=246378959   को  ६० बर्षिय विदेशी नागरिक Michael Meyer Olbersleben को...

बलेरो र मोटरसाइकल ठोक्किदाँ पाँच जना घाइते, दुइको अवस्था गम्भीर

बलेरो र मोटरसाइकल ठोक्किदाँ पाँच जना घाइते, दुइको अवस्था गम्भीर
इच्छाकामना, २२ मंसिर । चितवनमा दुई सवारी साधन एक आपसमा ठक्कर खादाँ पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौँ  जादैँ  गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश०३–००१ च १६८२ नं. को तरकारी बोक्ने बलेरो गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना र बलेरोमा सवार तीन जना घाइते भएका हुन् । घाइते मध्ये मोटरसाइकल चालक नाम थर नखुलेको विदेशी नागरिक र बलेरोमा...

इच्छाकामनाका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

इच्छाकामनाका  दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
भरतपुर : कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो। घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन्। ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ’, उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ।’ भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बञ्चित भएका छन्। कोलभञ्ज्याङकी लालमाया चेपाङ म...

आजको मौसम

आजको मौसम
काठमाडौँ  :  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रहनेछ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ। तराई भ...

धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व आज

धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व  आज
काठमाडौं : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ। कतिपय समुदायमा यो दिन ...

चितवनमा १६ किलो ६४४ ग्राम लगुऔषध गाँजासहित दुई जना पक्राउ

चितवनमा १६ किलो ६४४ ग्राम लगुऔषध गाँजासहित दुई जना पक्राउ
चितवन : प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका . ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ पक्राउ परेका हुन् । उनिहरुको घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।...

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : शहिद लखन गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान :  शहिद  लखन गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
गोरखा : शहिद लखन गाँउपालिकामा लैङ्गिक हिंसा विरुद्ध   १६ दिने अभियान अन्तरगत आज कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा बुङकोटमा कार्यक्रम गरिएको हो । कानुनी सचेतना सँगै लैङ्गिक हिंसा विरुद अन्तरक्रिया कार्यक्रम पनि गरिएका गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा गाँउटोलमा लुकेर बसेको हिंसा उजागर गर्ने, हिंसाबाट उन्मुक्ति दिलाउनेबारे छलफल गरिएको उहा...