चितवन : प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका . ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ पक्राउ परेका हुन् ।
उनिहरुको घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उनिहरुलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला अदालत चितवनबाट ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रवक्ता पण्डितले बताउनुभयो ।