देश / समाज

आधारामाराका सय जना बालबालिकालाई न्यानो कपडा

आधारामाराका सय जना बालबालिकालाई न्यानो कपडा
इच्छकामना  :  चितवनको इच्छाकानमा ६ आधारामाराका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मुग्लिन चर्चको अगुवा बिनोद बाग्दासको समन्वयमा इच्छाकामना ६ आधामारामा सय जना बालबालिका लाई न्यानो कपडा कपडा वितरण गरिएको हो ।  

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने
चितवन : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन आउदैँ हुनुहुन्छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवनआयन लाग्नुभएको हो । गृहमन्त्री अ लामिछाने  विभिन्न कार्यक्रममा सहभागि हुनुहुने छ । १४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचि...

चितवन महोत्सवमा दर्शकहरुको घुइँचो, बुधबार ३० हजारले गरे अवलोकन

चितवन महोत्सवमा दर्शकहरुको घुइँचो,  बुधबार  ३० हजारले गरे   अवलोकन
चितवन, २७ पुस । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको चितवन महोत्सव आज तेस्रो दिन ३० हजार मानिसले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले जानकारी दिए । पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने छ । आज तेस्रो दिनसम्म आइपुग्दा करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेका पियाको भनाइ छ । महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी दिनमा अवलोकनकर्ता अझै बढ्ने पियाले बताए । महोत्सव प्रवद्र्धन ...

इच्छाकामनामा पनि मनाइयो ३०१ औँ पृथ्वीजयन्ती

इच्छाकामनामा  पनि मनाइयो ३०१ औँ पृथ्वीजयन्ती
इच्छाकामना :  चितवनको इच्छाकामनामा पनि ३०१ औँ पृथ्वी जयन्ती मनाइएको छ । इच्छाकामनाका युवाहरुद्वारा एक कार्यक्रमकाबिच पृथ्वी जयन्ती मनाइएको हो । गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा साँझ मुग्लिनमा एक कायक्रमका साथ दीप प्रज्वलन गरि मनाइएको हो ।

गृहमन्त्रीको चुनावी क्षेत्रमै किसान र उत्पादकलाई सास्ती। मुख्य राजमार्गमा ढाट राखेर कर असुल्दै इच्छाकामना गाउँपालिका।

गृहमन्त्रीको चुनावी क्षेत्रमै किसान र उत्पादकलाई सास्ती। मुख्य राजमार्गमा ढाट राखेर कर असुल्दै इच्छाकामना गाउँपालिका।
चितवन- उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेको चुनावी क्षेत्र अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिकामा देशकै लाइफलाइन  पृथ्वी राजमार्ग हुँदै उत्पादित सामाग्री ओसारपसार गर्ने देशभरको किसान तथा उत्पादकहरुलाइ सास्ती दिदै स्थानिय सरकारले निकासी कर लिन थालेपछी कृषक तथा उत्पादक रुष्ट भएका छन।                                                                                                          स्थानिय सरकारको अधिकार प्रयोग गर्दै इच्छाकामना भित्र उत्पादित सामाग्री बाहिर निका...

सत्ता साझेदार दलको बैठक सम्पन्न

सत्ता साझेदार दलको बैठक सम्पन्न
काठमाडौं :  आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ। साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ। बैठकमा सत्ता साझेदार दलहरूबिच संघीय र प्रादेशिक तहमा सत्त...

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो...

पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन

पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन
इच्छाकामना  :  चितवनको इच्छाकामना २ स्थित पन्थचुली पाथिभरा टोल विकास संस्था दुम्किम मायाटारको अध्यक्षमा इन्द्र बहादुर प्रजा चयन हुनुभएको छ । शनिबार सम्पन्न टोल बासीहरुको भेलाले प्रजाको नेतृत्वमा ९ सदस्यीय टोल विकासको नयाँ कार्य समिति गठन गरिएको हो । भेलाले उपाध्यक्षमा नर बहादुर गुरुङ सचिवमा टिका बहादुर गुरुङ र कोषाध्यक्षमा डिलमाया चेपाङलाई चयन गरिएको सचिव टिका बहादुर गुरुङले जानकारी दिनुभयो । सदस्यहरुमा धनमाया चेपाङ,लिन कुमारी चेपाङ, सोवर्ण गुरुङ, समिप गुरुङ र दिन...

नारायणगढ–मुग्लिन सडक पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने

नारायणगढ–मुग्लिन सडक  पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
चितवन   :  हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल ...

आहा रारा गोल्डकपको उपाधि संकटालाई

आहा रारा गोल्डकपको उपाधि संकटालाई
काठमाडौं  :  २२ औं संस्करणको आरा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा भुटनिज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो। खेलको पहिलो हाफ २–२ को बराबरी भए पनि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले खेलमा बाजी मार्यो। खेलको सातौं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाउँदा खेलको ३४ औँ मिनेटमा मेसुके ओलेमाओको गोलमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको अग्रता धेरै बेर टिक्न...