शिक्षा/स्वास्थ्य

सुरक्षा मापदण्डबीच कक्षा १२ को परीक्षा सञ्चालन गरिने

सुरक्षा मापदण्डबीच कक्षा १२ को परीक्षा सञ्चालन गरिने
काठमाडौँ  :  कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जा...

आज बागमतीसहित पाँच प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज बागमतीसहित  पाँच प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं  :  आज बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको जानकारी दिएको छ । त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती...

इच्छाकामनाका दुई सहित चितवनमा २१५ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

इच्छाकामनाका दुई सहित चितवनमा २१५ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु
चितवन २० साउन । चितवनमा आज (बुधबार) एकैदिन २१५ जना नयाँ कोरोना स‌ंक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनाका अनुसार भरतपुर महानगरपालकामा १४४,खैरहनी नगरपालिकामा १४, माडीमा २०,रत्ननगरमा२२, राप्तीमा ६, कालिकामा ७ र इच्छाकामनामा २ जनाा थपिएका हुन् । आज २१५ थपिएसंगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३२० जना पुगेको छ। कुल संक्रमितको संख्या भने २१ हजार १६७ पुगेको छ। कुल संक्रमितमध्ये १८ हजार ५०६ जना भने संक्रमणमुक्त भएका छन्। यसैबिच आज एकैदिन पाँच जना कोरोना संक्र...

चितवनका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामी बढे

चितवनका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामी बढे
चितवन  :  जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका...

इच्छाकामनाका गाउँपालिकाले वडा नं १ र २ का नागरिकहरुको लागि हात्तिवाङबाट एम्बुलेन्स सञ्चालन गर्ने

इच्छाकामनाका  गाउँपालिकाले वडा नं १ र २ का नागरिकहरुको लागि  हात्तिवाङबाट एम्बुलेन्स सञ्चालन गर्ने
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को बजेट निति तथा कार्यक्रममा समावेश गरेको छ। विशेष गरेर गाउँपालिकाको माथिल्लो भेग वडा नं १ र २ का नागरिकहरुको लागि सेवा दिने गरि नयाँ एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार अब ल्याउन लागिएको एम्बुलेन्स हात्तिवाङबाट संचालन गरिने र त्यस आसपासका गाउँहरुका नागरिकहरुलाई सेवा उपलब...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३१२५ संक्रमित, २३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३१२५ संक्रमित, २३ जनाको मृत्यु
काठमाडौं  :  पछिल्लो २४ घण्टामा ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण देखिएको छ । कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा ३ हजार १२५ जना संक्रमित थपिएका हुन् । गत २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेकोे छ । त्यस्तै पछिल्लो ...

पछिल्लो २४ घण्टामा इच्छाकामनाका दुई सहित चितवनमा २२९ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा इच्छाकामनाका दुई सहित चितवनमा  २२९ जना संक्रमित थपिए
चितवन  :  पछिल्लो २४ घण्टामा चितवनमा २२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाका १४३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३९ जना, राप्ती नगरपालिकामा १२ जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् । आज चितवनमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३३५ जना पुगेको छ । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा रहेका सक्रि...

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने
काठमाडौं  :  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भएका छन् । श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भन्दै घोषणा गरेका छन् । आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताएका छन् । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले...

अनुमतिविनै तनहुँमा विद्यालय सञ्चालन

अनुमतिविनै तनहुँमा विद्यालय सञ्चालन
दमौली  :  कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्...

असोजसम्म कोरोनाविरुद्ध दुई करोड मात्रा खोप सुनिश्चित हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

असोजसम्म कोरोनाविरुद्ध दुई करोड मात्रा खोप सुनिश्चित हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्ध दुई करोड डोज खोप सुनिश्चित हुने दावी गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौंता गरिसकेको र असोज मसान्तसम्म दुई करोड डोज खोप नेपाल आउने जानकारी गराउनुभएको हो । मोडर्ना ४० लाख, जोन्सन एण्ड जोन्सन ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख डोज खोपको खरिद प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार, पुस मा...