विश्व खबर

अफगानिस्तानको एक प्रान्तीय राजधानी तालिबानको कब्जामा

अफगानिस्तानको एक प्रान्तीय राजधानी तालिबानको कब्जामा
काठमाडौँ  :  अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानीलाई तालिबान विद्रोही संगठनले कब्जामा लिएको छ । इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्। स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौ...

हतियारधारी समूहद्वारा अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

हतियारधारी समूहद्वारा अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु
काठमाडौं  : एक हतियारधारी समूहले अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण गरेको छ । सो घटनामा चार जना मारिएका छन् ।हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो । यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ ज...

एकैदिन विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए

एकैदिन विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए
काठमाडौँ  :  विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा १० हजार १४० जनाको संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १ हजार ३५४, रसियाम...

एकै दिन थपिए साढे पाँच लाख कोरोना संक्रमित

एकै दिन थपिए साढे पाँच लाख कोरोना संक्रमित
काठमाडौँ  :  विश्वभर एकै दिन साढे पाँच लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ६२ हजार ५१८ जना संक्रमित थपिएका हुन्। जसमध्ये अमेरिकामा सबैभन्दा बढी ५२ हजार १११ संक्रमित थपिएका छन्। यस्तै‚ इन्डोनोसियमा ४५ हजार २०३, भारतमा ४२ हजार ९००, ब्राजिलमा ४१ हजार ४११, इरानमा ३४ हजार ९०० संक्रमित थपिएका छन्। यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार २६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्डोनोसियामा २ हजार, ब्राजिलमा १३ सय २०, रुसमा ७७९,...

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुदाँ २४ को मृत्यु, ३१ बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुदाँ २४ को मृत्यु, ३१ बेपत्ता
काठमाडौं :  डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीको भनाइ छ। ​ उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्।​ बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको ...

कसरी बने एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति ?

कसरी बने एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति ?
इच्छाखबर : टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी भएपछि उच्च स्थानमा पुगेका छन् । विश्वका लागि, २०२० जे जस्तो भएपनि एलन मस्कको लागि गत १२ महिना शानदार रहेको थियो । गत बर्षमा मस्कको सम्पत्ति १५० अर्ब डलरभन्दा बढीले बढेको छ, सम्भवतः यो इतिहासमै सम्पत्ति वृद्धिको सबैभन्दा तेज गति हो । टेस्लाको यसमा ठूलो योगदान छ, जसको सेयर गत एक वर्षमा ७४३ प्रतिशतले वृद्धि भएको छ । यदि बेजोसको सम्बन्ध विच्छेद नभएको भए उनी मस्क भन्दा धेरै अगाडि हुने थिए । सम्बन्ध विच्छेद...

भारत र चीनबीच सिक्किममा झडप हुदाँ २४ सैनिक घाइते

भारत र चीनबीच सिक्किममा झडप हुदाँ २४ सैनिक घाइते
काठमाडौं  :  भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारती...

ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन उपराष्ट्रपतिलाई महान्यायाधिवक्ताको अपील

ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन उपराष्ट्रपतिलाई महान्यायाधिवक्ताको अपील
काठमाडौं  :  अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् । संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् । तीन घण्टा संसद भवन नियन्त्रणमा लिएका उनीहरुले संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको का...

ट्रम्पको समर्थकले मच्चायो हिंसा : एक महिलाको मृत्यु, वाशिङ्टनमा कर्फ्यु

ट्रम्पको समर्थकले मच्चायो हिंसा : एक महिलाको मृत्यु, वाशिङ्टनमा कर्फ्यु
काठमाडौं :  अमेरीकामा हिंसा मच्चिएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले हिंसा मच्चिएको हो । हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहर...

नाइजरमा चरमपन्थीको हमलाबाट ७९ सर्वसाधारणको हत्या

नाइजरमा  चरमपन्थीको हमलाबाट  ७९ सर्वसाधारणको हत्या
काठमाडौं  : इस्लामिक चरमपन्थी समूहले अफ्रिकी मुलुक नाइजरमा ७९ जना सर्वसाधारणको हत्या गरेको छ। मालीको सीमा नजिकका गाउँमा आक्रमण गरी सर्वसाधारणको हत्या गरिएको हो। चरमपन्थी समूहको आक्रमणमा टचोम्बागोउ नामको गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस्तै जारोउम्दारेय नामको गाउँमा ३० जनाको हत्या भएको छ। यो क्षेत्रमा सन् २०१७ देखि संकटकाल छ। केही महिनाअघि पनि यो यी गाउँमा मालीका चरमपन्थी समूहले आक्रमणको प्रयास गरेका थिए। पछिल्लो आक्रमणमा मृत्यु हुनेको संख्या...