मुग्लिन :  चितवनको इच्छाकामना ५ मुग्लिन निवासी रामबाबु सिलवाल र सम्झना खड्का सिलवालले सुपुत्र रेन्स सिलवालको जन्मदिनको अवसरमा मन्दिर र विद्यालयलाई सहयोग प्रदान गरेको छ । बिहिबार गुप्तेश्वर महादेवस्थान मन्दिर परिवार इच्छाकामना ५ मुग्लिनका लागि कार्पेट, दानपेटीका र सुझाव पेटीका तथा राष्ट्रियआधारभुत राष्ट्रिय विद्यालय तामिनका लागि सुझाव पेटीका दान गर्नुभएको हो ।वडाध्यक्ष मोदराज सिलवालको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण गरिएको हो ।


इच्छाकामना गाउँपालिका भित्रका दुःख पीडामा परेका असहाय विपन्न,महिला, बालबालिकाको शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरि स्थापना गरिएको जन्मदिन कोष’का संयोजक प्रताप गुरुङको उपस्थितिमा सोही कोषको संयोजनमा २३ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।