आज सहिद दिवस, सहिदलाई सम्झने दिन, म विहानै मेरो स-परिवार लिएर सहिद पार्कमा पुगेको थिए ।
बाबा “सहिद भनेको को हो” ? “किन हामी सहिदलाई सम्झने?” वाल मस्तिष्क भित्र उब्जेका प्रश्नहरुको उत्तर म दिदै थिए। बावा यस्तै अनुहारको फोटो हाम्रो घरको भित्तामा रहेको फोटो सँग मिल्दो रहेछ हगि !” हो बाबु यि मानिस यो संसार छैनन् तर देश र जनताको लागि प्राण आहुती दिएर गएका थिए । सुन्छौ तिमीहरू यि मानिसले यसरी हाम्रो परिवारलाई कसरी सहयोग गरेको थिए ।
म कथा सुनाउदै जान्थे “डॉक्टरले बिरामीको अवस्था जटिल छ, जसरी पनि एकलाख रुपैयाको जोहो गर्नुहोला, त्यति भने पछि म रन्थनिदै गॉउमा पुगे, सबै संग हारगुहार गरे तर कसैवाट पनि सहयोग भएन, गाउँमा केहि पत्तो नलागे पछि सवेरै सहर फर्केनेसुरमा थिए ।जङ्गलको बाटो सुनसाम, माओवादीको विगविगी भनेर कोहि कसैलाई जङ्गल वाटो त्यति सहज थिएन । तरपनि बाध्य भए जङ्गलको बाटो प्रयोग हुन्थ्यो । त्यही जङ्गलको बाटो भएर सहर पुग्ने निधो गरेको थिए । बाटोमा कोहि सवारी चालक भेट्न् पाए हुन्थ्यो भन्ने इराधामा थिए । निकै तल पुगेपछि कुनै मानिस मोटरसाइकलमा आइरहेको देखे ,हात दिन साथ मोटरसाइकल रोकियो मैले सबै आफ्नो समस्य बताए । ति मानिस भन्दै थिए “हामी त छापमार हौ जुनसुकै बेला शाही सेना संग मुकाबिला हुनसक्छ त्यसमा हजुर पर्नु भो भने भोलिको समाचार हजुर पनि बन्न सक्नु हुन्छ । तिनका कुरो सुन्दा सुन्दै जङ्गल काटेको पत्तो भएन। दस हजार रुपैया मेरो हातमा थमाउदै बाकी रकम हस्पिटल संग म मिलाउला तपाईं जानुस तपाईं को जहानको ख्याल राख्नुस उपचार हुन्छ , उनी यति भनेर बाटो लागेका थिए ।
मलाई सबैकुरो सपना जस्तै लागि रहेको थियो । भने अनुसार नै सबैकुरो मिल्यो । बाबु तिमि जन्मियौ झन हाम्रो परिवारमा खुशी थपिएको थियो । हरेक दिन रेडियो आउने समाचार हत्या हिंसाको बाहेक अर्को हुदैन थियो । एक बर्ष पछि एउटा दु:खद समाचार थपियो जो हाम्रो परिवारको लागि देवता थिए उनै दोहोरो भिडन्तमा मारिए । मैले सुनाउदा सुनाउदै श्रीमती र छोराको आँखाबाट बलिन्द्रधारा आशु बगिरहेको थियो । सालिकमा धुलोले छोपिएको नाम आशुले पखालेर खुल्दै गएको थियोे सहिद ” सुनिल”