कक्षामा “आमाको माया” शिर्षक निबन्धमा जति म पढाउदै जान्थ्ये मनमा बेग्लै अनुभुति भै रहेको थियो ।”आमालाई साच्चिकै देबीको रूपमा मानिन्छ । त्यसैले आफ्नो आमाले भनेको मान्नु पर्छ। हरेक दिन बिहान उठेर आमाको दर्शन गरे शुभ दिन हुन्छ । भोलि आमाको मुख हेर्ने दिन हो।

किताबको पढाई ले मात्र आमाको सम्मान हुदैन वास्तविक जीवनमा पनि त्यसलाई लागु गर। सधै आफ्नो आमाले भनेको सदमागमा हिंड् तिमीहरू कहिले असफल हुँदैनौ। ” म क्लास बोलिरहने र विद्यार्थीहरु एक रूपमा सुनिरहेका हुन्थे । घण्टी बजे पछी म क्लस छोडेर बाहिर लागेको थिए । भोलिपल्ट बिहानै हिजो मैले क्लस लिएको विद्यार्थीहरु मध्ये एक केटोको हातमा फुल लिएर आएको थियो र मलाई दिदै “सर आज आमाको मुख हेर्ने दिन हो मेरो त आम भनेपनि बाबा भनेपनि हजुर हुनुहुन्छ ” यो कुरासँग म अनबिज्ञ थिए। हिजो अलि क्लासमा अलि भाबुक बनियोकि जस्तो लाग्दै थियो। उसको अनुहारमा मैले आकस्मिक परिवर्तन देखेको थिए ।

म नजिक बस्दै मलिनो स्वरमा” सर हजुरले जति माया अरु कसैले गर्दैनन् ” मैले उसलाई नजिकै लिए मायाले सुमसुम्याउदै आफ्नोपन प्रकट गरे । ल सर भोलि आउँछु है भनी हात पन्छाउदै आफ्नो बाटो लाग्यो । ठुलो घरले छेकुन्जेल हेरिरहेको थिए । ममा भने कता कता उ प्रति आफ्नोपन जागेर आएको थियो ।
घिमिरे दुर्गा ,पिठुवा १४ रत्ननगर चितवन