काठमाडौं  :  अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली आइपुगेका छन् । गएराति ११ बजे जजिरा एयरमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिए।

मंगलबार बिहान १ सय १८ जना नेपाली आइपुगेका थिए। अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु स्वदेश फर्किएका हुन्।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ।