काठमाडौँ  :  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।