गोरखा :  गोरखामा यहीँ साउन २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना महामारीको दोश्रो लहर फैलिएसंगै जारी भएको निषेधाज्ञा पुनः साउन २४ गते सम्मको लागि लम्बाईएको हो । जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण गर्दै साउन २४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

समितिले यस अघि आठौं पटक म्याद थप गरेको निषेधाज्ञा साउन ९ गते अर्थात भोली शनिबार राती १२:०० बजे सकिदैछ ।