गोरखा : जिल्लामा एक बर्षको अबधीमा १७ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला भित्र गत आर्थिक बर्ष २०७७/ ०७८ मा भएको दुर्घटना परि ११ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । उहाँले गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा परि ९ जना पुरुष, १ महिला र १ बालकको मृत्यु भएको बताउनुभयो । गत आर्थिक बर्षमा जिल्लामा बस ५ ओटा, ट्याक्टर ५ ओटा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
त्यस बाहेक गत आर्थिक बर्षमा जिल्ला भित्र १ टिप्पर, ४ वटा जीप, ४ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रमुख ढकालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परि ५७ जना घाइते भएको उहाँले बताउनुभयो । दुर्घटना घाइते भएका १६ जना गम्भीर र ४१ जना सामान्य घाइते भएका प्रमुख ढकालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्ष २०७६र०७७ को तुलनामा गएको आर्थिक बर्षमा दुर्घटनासंगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या पनि बढेको छ ।
अघिल्लो आर्थिक बर्षमा जिल्लामा कुल १६ दुर्घटनामा परि ७ जनाको मत्यु भएका थिए । त्यस्तै सामान्य घाइते अघिल्लो आर्थिक बर्षमा २४ जना गम्भीर घाइते भएका थिए भने २३ जना सामान्य घाइते भएका थिए । गएको तीन आर्थिक बर्षमा जिल्ला भरी ६१ सवारी दुर्घटना भएका छन् । जसमा ट्रक ६ वटा, टिप्पर ७ वटा, बस १० वटा, जीप तथा कार ११ वटा, ट्याक्टर १६ वटा र मोटरसाईकल १९ वटा दुर्घटनमा परेको उहाँले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका भने ५७ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १०२ जना ३ बर्षको अबधीमा दुर्घटनामा परि सामान्य घाइते भएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।