धादिङ : गएरातीदेखिको लगातार बर्षाका कारण सडकमाथिबाट लेदो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोलामा सडकमाथिबाट लेदो खसेपछि सडक अवरुद्ध बनेको हो । अहिले लेदो हटाउने काम भइरहेको छ ।