कुरिनटार- भरतपुर महानगरपालिका २ पोखरा बसपार्क बाट लागू औसधको रुपमा प्रयोग गर्न मेडिकल औसधिको अबैध रुपमा बिक्रि र खरिद गर्ने दुई जना पक्राउ परेका छन । भरतपुर महानगरपालिका वडा नं. २ पोखरा बसपार्क स्थितमा रहेको भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने स्थायी घर तनहुँको देबघाट भएका अभिशेक थापाले संचालन गरेको सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिक्रिबितरण गर्ने मेडिकल संचालक र खरिद गर्ने भरतपुर महानगरपालिका २ बस्ने वर्ष १८ को आशिष तिवारी लाई एनार्गन १०१ पत्ता (१०१० ट्याव्लेट), ट्रामा ५८ पत्ता (६८० ट्याव्लेट) र ट्रफिन ८१ ट्याब्लेट गरी जम्मा १७७१ ट्याब्लेट प्रतिबन्धित औषधी सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधि व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज बुझाएको चितवन प्रहरिले जनाएको छ।