-कैलाश काेइराला

सिद्धार्थले २९ वर्षको उमेर (५३४ ई:पू)मा घर छाडे। ६ वर्ष सम्म योग तपस्या गरेपछि ध्यान र चिन्तनद्दारा ३६ वर्षको हुदा (५२८ ई.पू.मा) बोधि अर्थात ज्ञान प्राप्त गरेर बुद्ध भयका थिए। बुद्धको दर्शन एकदम क्षणिकवादमा आधारित भएको पाइन्छ। कुनै पनि वस्तु एक क्षणभन्दा बढ्ता रहने कुराको विरोधी थिए। तर यस दृष्टिलाई उनले समाजको आर्थिक व्यवस्थामा लागु गर्न खोजेनन्। पुरोहितवर्गका कटुदन्त, सोणदण्डजस्ता धनी प्रभुद्धशाली ब्राह्मणहरू उनका अनुयायी थिए । उसबेलाका धनकुवेर व्यापारी वर्गहरु भारतीय साहुमाहजनले गान्धीलाई गरेको भन्दा उनका लागि बढी थैली फुकाउथे। “श्री वस्तीका धनकुवेर सुदस्त ” ले पैसाको बिस्छुन लाएर बुद्द र उनका भिक्षुलाई बस्नका लागि एउटा विशाल बगैचा किनिदिए । त्यस्तै आर्को सेठानी विशाखाले ठुलो खर्च गरेर एउटा बिहार (मठ) बनाइदिन । के बुझिन्छ भने बुद्ध धर्मको विस्तारमा राजाहरुको भन्दा बढी योगदान व्यापारीहरुको रहेको देखिन्छ। यसबाट के थाहा पाउन सकिन्छ भने बुद्ध तत्कालिन आर्थिक व्यवस्थाका विरुद्धमा थिएनन् भन्ने जग जायर हुन्छ।
बुद्धले सबभन्दा पहिला आफुलाई “अनशन” त्यागेपछि आफूलाई पतित ठानेर छाडिजाने पाँच जाना भिक्षुलाई आफ्नो ज्ञानको अधिकारी ठाने। उनीहरुलाई खोज्दै सारनाथको आश्रम ॠषिपतन मृगदाव पुगे। जुन कारणबाट अनशन त्यागेर आहार सुरू गरेका सिद्धार्थलाई उनीहरूले छाडेका थिए । त्यसै कारणलाई हटाउन उनले पहिलो उपदेश दिए बुद्ध भएर- भिक्षुहरु सुन: यी दुई अतिहरुको सेवन गर्नु हुँदैन । १, कामसुखमा लिप्त हुनु। २, शरिर पीडामा लाग्नु।
चार आर्यसत्य;
१, दु:ख सत्य- जन्म पनि दु:ख हो, बुढ्याइ पनि दु:ख हो, मरण, शोक, राेदन, मनको खिन्नता, दिक्कपना दु:ख हो।चाहेको जे पाइँदैन त्यो पनि दु:ख हो। पाँचै उपादान स्कन्धहरु दु:ख हो, रूप, वेदना, संज्ञा, संस्कार, विज्ञान, चेतना वा मनलाई नै विज्ञान भनिन्छ ।
२, दु:ख हेतु- इन्द्रियहरुको जति प्रिय विषय वा काम छन्, ती विषयहरुसँगको सम्पर्क, उनीहरुको विचारले तृष्णालाई जन्माउँछ । काम (प्रिय भोग) कै निम्ति राजा राजाबिच, क्षेत्रीय क्षेत्रीयहरुसँग, पुत्र, माता, पिता, दाजुभाइ, दिदि बहिनी, मित्र मित्र लडाइँ लड्छन् यिनीहरु नै आपसमा कलह, विग्रह, विवाद गर्दै हातले दण्डले, शस्त्रले आक्रमण गर्दछन्।
३, दु:ख विनाश- तृष्णा नाश भएपछि उपादानको निरोध हुन्छ।
४,दु:ख विनाशको मार्ग- १- ज्ञान २- शील ३- समाधि ।
हिन्दु धर्ममा ईश्वरको जुन अर्थ लगाइन्छ, उसबेला ब्रह्म शब्दको त्यहि अर्थ लगाइन्थ्यो । अहिलेसम्म पनि शिव र विष्णुलाई बह्माभन्दा माथि उठाइएको पाइँदैन। त्यसैले ब्रह्माको ठाउँमा माक्स्र र भिक्षुको ठाउँमा कुनै साधारण माक्स अनुयायी राखेर खोज्नु भयो भने बुद्धको परिहासपूर्ण कथा बुझ्न सकिन्छ। हजारौँ अविश्वसनीय चिजहरुमाथि विश्वास गर्ने श्रद्धालुहरुलाई बुद्ध के भन्न चाहान्थे भने, तिम्रो ईश्वर नित्य, ध्रुव आदि छैन । सृष्टिलाई बनाउने र बिगार्ने गर्दैन, त्यो पनि प्राणीहरूसरह जन्मिने मर्ने हो। त्यस्ता अनगिन्ती देवताहरुमध्ये एउटा देवता हो। यसरी भारतीय दार्शनिक दिमागहरुको घनघोर प्रयासको बाबजुद हामीलाई बुद्धको दर्शन क्षणिक “अनात्मवादको” रुपमा प्राप्त छ।पछिका प्राय: यसै धारामा भारतका अप्रितम दार्शनिक नागार्जुन, असङग्, वसुबन्धु, दिङनाग, धर्मकीर्ति जन्मिएका हुनुपर्छ।