कोरोनाको दोश्रो लहर व्यापक भए सङै धादिङमापनि  आजदेखि निषेधाज्ञा सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

पछिल्लो लहरको कोरोना संक्रमितको दर धादिङमापनि तिव्र रुपमा बढ्दै गएका कारण बैशाख  २१ गते बिहान ६ बजेदेखी ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा बसेको वैठकले निषेधाज्ञा गर्न्ने निर्णय गरेको हो ।

निषेधाज्ञा लागू भए सङै आज बिहानै देखि चितवन तर्फबाट गएका सवारी साधनहरुलाई धादिङ छिर्न दिएको छैन  । सुरक्षाकर्मीले अत्यावश्यक बाहेकका सवारी साधनहरुलाई चितवन धादिङको सिमाना मौवाखोलामै रोकेर राखेको मौवाखोला बाट पत्रकार दानबहादुर गुरुङले जानकारी दिनुभएको छ।