मुग्लिन : होेटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनको भित्तेपात्रोको विमोचन गरिएको छ । चितवनको इच्छकामना ५ मुग्लिन स्थित दालभात पावर होटलमा आयोजित एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आज विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष गुरुङले मापदण्ड पुरा गरि निर्धक्कका साथ कसैको दवावमा नरही व्यवसाय संचालन गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुको शान्तिसुरक्षाका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो । साथै हाइवे र बजार क्षेत्रमा मात्र नभई उपर्दाङ्गढी सिराईचुली लगायत इच्छाकामनाको प्रमुख पर्यटकीय स्थलहरुमा पर्यटकहरुका लागि होटल रेष्टुरेण्ट सञ्चालन गर्न आग्रह गर्दै अध्यक्ष गुरुङले स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कडेँलले व्यवसायी सञ्चालनका लागि शान्ति सुरक्षा आवस्यक रहेको बताउनुभएको थियो । उहाँले निर्धक्कका साथ व्यवसाय सञ्चालन गर्ने वातारण बनाउने काम स्थानीय सरकार र प्रशासनको रहेको बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यावसयी संघ चितवनमा ३७५ वटा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु आवद्ध रहेको महासचिव प्रकाश त्रिपाठीले जानकारी दिनुभयो ।


उहाँले इच्छाकामनामा जिल्लाका ठूला लगानीकर्ता व्यवसायीहरुको लगानी भित्र्याउने उदेश्यले स्थानीय जनप्रनिधिहरुसंग नयाँ बर्ष २०७८को शुभकामना आदान प्रदान तथा अन्तरक्रिया सहित यहाँ भित्तेपात्रो विमोचन कार्यक्रम समेत गरिएको बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट संघ इच्छाकामनाका संयोजक लालिराम कडेँलले इच्छाकामनामा हाल सम्म संघमा ४० व्यवसायीहरु आवद्ध रहेको जानकारी दिनुभयो । यहाँ सञ्चालित सम्पूर्ण होटल तथा रेष्टुरेण्टहरुलाई संघमा समेट्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, होटल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष मिना गौतम, इच्छाकामना गाउँपालिका ५का वडाध्यक्ष मोदराज सिलवालको विशिष्ट आतिथ्य तथा होट तथा रेष्टुरेण्ट संघका अध्यक्ष ज्योतिप्रसाद कडेँलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इच्छाकामनाका होटल तथा रेष्टरेण्ट व्यवसायी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागि थिए । होटल तथा रेष्टुरेण्ट संघ चितवनका संस्थापक अध्यक्ष दीपक ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो।