फागुन ४, गोरखा
सरस्वती पुजाको अवसरमा गण्डकी गाउँपालिका  ७ गोरखा स्थायी ठेगाना भइ हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका कुशल रेग्मीले गण्डकी गाउँपालिका ७ शितलडांडामा रहेको श्री शिव आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण गर्न एकल लगानीमा सहयोग उपलब्ध गराएका छन।

आज विद्यालयमा सरस्वती पुजा तथा छात्रवृत्ति पुरस्कार बितरण कार्यक्रममा उक्त मन्दिरको सिलन्यास गरिएको हो । आज एक कार्यक्रम बिच कुसलका आमा भगवती रेग्मी , वडा अध्यक्ष तुलसी रेग्मीले सरस्वती मन्दिरको सिलन्यास गर्नुभएको हो  । कुशल रेग्मी यस विद्यालयको भुपु विद्यार्थी तथा भुपु शिक्षक हुन ।

बिधालयका प्रधानाध्यापक प्रकाश रेग्मीले खुसी ब्यक्त गरेका छन् । साथै कुशलको प्रगतिको कामना गर्दै, आगामी दिनमा पनि कुशल रेग्मीबाट यसरी नै बिधालय प्रती माया र सहयोग प्राप्त हुने बिश्वास समेत व्यक्त गरे ।

साथै अमेरिका बाट मेसेन्जरमा कुरा गर्दै कुशल रेग्मीले पनि बिधालय प्रति आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा समेत बिधालयको सुख-दुःख को सारथी बनिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजको कार्यक्रममा वडा अध्यक्ष तुलसी रेग्मी , ब्यवस्थापन समितिका पदाधिकारी , भुपु विद्यार्थी , अभिभावकहरुको उपस्तिथि रहेको थियो ।