मुग्लिङ – चितवनको इच्छाकामना ५ मुग्लिङ बजारमा प्रथम इच्छाकामना डबल ब्याडमिन्टन कप २०७७ सम्पन्न भएको छ।                                                                                  नेपालीहरुले मनाउने चाड माघे सक्रान्तिको अबसरमा पुरुष तथा महिलाहरूको स्वास्थलाई मध्यनजर गर्दै गत पौष २९ गते बाट  माघ २ गतेसम्म इच्छाकामना गाउँपालिका वडानम्बर ५  कार्यलयको आगन र मर्स्याङ्दी बोर्डिङ स्कुलको खेलमैदानमा सम्पन्न खेल इच्छाकामनाको इतिहासमै पहिलो चोटि महिलाहरुले घरमा बाहिर खेलेको खेल समेत बन्न पुगेको छ।

पहिलो पल्ट आउट डोरमा महिलाहरुको समेत प्रतिस्पर्धात्मक सहभागिता भएको प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ भने मात्र ४ टिमले सहभागिता जनाएका थिए।


खेल र स्वास्थ एक अर्काका परिपुरक हुन भन्ने सन्देश सहित आयोजना गरिएको प्रतियोगितामा पुरुष तर्फ प्रथम स्थान मुग्लिङका गणेश श्रेष्ठ र संयोग श्रेष्ठको टोलिले हात पार्यो भने मुग्लिङकै तपबिर गुरुङ शिव सिलवालको टोलि दोश्रो स्थानमै चित्त बुझाउन बाध्य भएका छन। पुरुष तर्फको सान्त्वना पुरस्कार भने बिकाश श्रेष्ठ र बिकास रानाको टिम, दल बहादुर श्रेष्ठ र यम बहादुर रानाको टिम र सम्पुर्ण श्रेष्ठ र सुरज गुरुङको टिम सहित ३ वटा टिमले हातपार्न सफल भएको छ।                                                                                    महिला तर्फको प्रथम पुरस्कार इलाका प्रहरी कार्यलय मुग्लिङको टिमले जितेको छ। दोश्रो स्थानमा हुने सेवानिश्ठ महिला समाज केबलकारको अमृता थापा मगर र सङिता राना मगरको टिमलाइ हराउदै प्रहरिको सरस्वती लामिछाने र शान्ति आले मगरको टिमले पहिलो चोटि महिला सहभागी आउटडोर खेलकुदको उपाधिजितेका हुन। त्यस्तै महिलातर्फको सान्त्वना पुरस्कार भने कुरिनटारका मेलिना गुरुङ र अनिशा रानाको टिम र केबलकारको सिमा थापा र पुजा थापाको टिमले हात पारेका छन।                                                                                                      इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतीकुमार श्रेष्ठको आतिथ्यतामा सम्पन्न फाइनल खेल र पुरस्कार बितरण कार्यक्रममा वडा ५ को वडा अध्यक्ष मोदराज सिलबाल इच्छाकामना गाउँपालिकाको प्रबक्ता सावित्री गुरुङ लगाएतको सहभागिता रहेको थियो। पुरुष तर्फ प्रथम हुने टिमले खसी, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोश्रो हुने टोलिले बोका, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न त्यस्तै सान्त्वना स्थान हासिल गर्न सफल ३ वटै टोलिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। महिला तर्फ प्रथम र दोश्रो हुने टोलिले ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुने दुई टिमले मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता आयोजक टोलिका तर्फ बाट आकाश सेरचनले जानकारी दिनुभएको छ।