
बेनीघाट रोराङ : युवा समाजसेवी सन्तोष पौडेलको नेतृत्वमा विभिन्न दाताहरुको सहयोगमा निर्माण गरिएको न्यानो कपडा घर बेनीघाट रोराङ युवा क्लब धादिङलाई हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमकाबिच क्लबका सचिव अनिष अधिकारीलाई कपडा घरको चाबी हस्तान्तरण गरिएको हो । दुई बालिका पृन्शु कडेँल र ज्ञानु चेपाङको जन्मदिनको अवसर पारेर हस्तान्तरण गरिएको हो ।
इजरायल,मा रहनु भएका कल्पना अधिकारी न्यौपाने,निश्चल, माइली श्रेष्ठ, बिश्नु सवारगी उतम लामीछानेले कपडा घर निर्माणका लागि सहयोग गर्नुभएको थियो ।
न्यानो कपडा घर निर्माण र संचालनका लागि सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई पौडेलले धन्यावाद दिनुभयो ।
“हुनेले दिने र नहुनेले लैजाने” भन्ने मुल नारा सहित संचालन गरिएको उक्त न्यानो कपडा घरबाट हालसम्म १०० जना भन्दा बढि विपन्न परिवारका बालबालिकाहरु लाभान्वित भएको अभियनता यूवा समाजसेवी पौडेलले जानकारी दिनुभयो।