
इच्छाकामना : मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मुग्लिङ्गको २० औँ बार्षिक साधारण सभा आजदेखि सुरु भएको छ । इच्छाकामना ३ फिस्लिङमा एक कार्यक्रमकाबिच साधारण सभाको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गोवद्र्धन अधिकारीले सहकारीले कोरोना महामारीको बेला आफ्ना ऋणि सदस्यहरुलाई व्याजदरमा छुट दिएकोमा सहकारीलाई धन्यावद दिनुभयो । उहाँले सहकारीले किसानहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सहकारी नाफा मुखी भन्दा सेवा मुखी हुनुपर्ने उहाँको भनाई छ ।
वडा सदस्य डम्मर कुमारी चेपाङले कोरोना महामारीको समयमा मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले व्याजदरमा छुट दिनुका साथै किस्ता रकम ताकेता नगरिएकोमा धन्यावद दिनुभयो । बारीमा लगाएको तरकारी कोरोना महामारीका कारण बेच्न नपाइ बारीमै कुिहएको अवस्थामा आर्थिक संकटमा पर्दा सहकारीले ब्याजमा छुट र किस्ता तिर्न ताकेता नगर्दा आफुहरुलाई केही राहत मिलेको बताउनुभयो । अन्य वित्तिय संस्था बैँकहरुले यस्तो महामारीको बेलामा दबाब दिएको बताउनुभयो ।सहकारीले ५ प्रतिशत व्यादर छुट दिएका छन् ।
नेपाली कांग्रेसका प्रतिनिधि वासुदेव सिलवालले पनि सहकारीले निम्न आयस्तर भएका सदस्यहरुलाई जिवनस्तर उकास्ने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सहकारीले व्याजदर घटाउनुपर्ने उहाँको भनाइछ । साथैँ उहाँले रुग्ण अवस्थामा रहेको सहकारीहरुलाई मर्जर गर्नु पर्ने भन्दै यस क्षेत्रकै अब्बल रहेको मस्र्याङ्ग्दी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यसको पहल गर्दै अभिभावक्त्वको भुमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्ता सहकारीहरुको लगानी सुरक्षित गर्न मर्जर नै आवस्यक रहेको उहाँको भनाइ छ ।
सहकारीका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठले सहकारीले सबै सदस्यहरुको सुख– दुखमा साथ दिइरहेको बताउनुभयो । उहाँले २०५७ सालबाट २५ जना सदस्यहरुबाट सुरु गरिएको सहकारी आज सम्म आइपुग्दा यस क्षेत्रकै एक सफल र उदाहरणीय संस्थाको रुपमा स्थापना गराउन सफल भएको बताउनुभयो ।
सहकारीका अध्यक्ष तेज बहादुर शेरचनले सहकारीले ग्रामिण विद्युतीकरण सहित ऋण तथा बचत लघुवित्त, मनिट्रान्सफर, रेमिटेन्स, रिचार्ज सेवा, कृषि तथा पशुफर्म, उद्यमशिलता विकास तथा प्रवद्र्धन लगायत विभिन्न सेवाहरु प्रदान गर्दै आएको बताउनुभयो ।
अहिले १ हजार ६ सय ७६ जना शेयर सदस्य रहेको सहकारीको ३ करोढ ७२ लाख शेयर पुजी रहेको छ । रु ५० हजार देखि २ लाख ५० हजार सम्म विना धितो कर्जा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सचिव खुम प्रसाद पन्तले २०७६÷७७ को प्रगती विवरण तथा ७७÷७८ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष ज्ञानुदेवी पाण्डेले आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।
आज देखि सुरु भएको साधरणसभा भदौ २७ गते सम्म चल्ने छ । कोभिड १९ फैलने त्रासका कारण सहकारीले भीडभाड कम हुने गरि टोलटोलमा पुगेर साधरण सभा संचालन गरेका छन् । फिस्लिङ, चुम्लिङटार, कुरिनघाट, लेवाटार र मुग्लिनमा फरक फरक दिनमा साधरण सभा हुने सहकारीका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त साधरण सभाले महत्वपूर्ण निर्णयहरु गर्ने उहाँले बताउनुभयो