
चितवन : चितवनमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ को आइसियुमा उपचाररत मकवानपुरको हेटौडा उप महानगरपालिका न्यूरेनीका ७८ बर्षिया पुरुषको आज विहान ७ः ३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनलाई हिजो (बिहिबार) राति १० बजे कोभिड संक्रमण सहित चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा ल्याइएको थियो ।
उनलाई स्वासप्रवासमा जटिल समस्या तथा निमोनिया समेत देखिएकोले कोभिडको आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियो। उनको स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
उनको कोभिड निमोनियाका कारणले निधन भएको अस्पतालले जनाएको छ ।