कुरिनटार ७ असोज- रातीदेखि अबिरल बर्षा भएपछि फरक फरक स्थानमा पहिरो खसेर पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिङ सडक खण्ड अबरुद्व रहेकोमा अहिले एकतर्फी खुल्ला गरिएको  छ।

नारायणगढ– मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चलानमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । अहिले सडक दुइर्फी खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
यसैबिच मुग्लिन –नौबिसे सडक खण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडक खण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बाँदरे भीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यस अघि पटक पटक पहिरो खस्ने गरेको थियो ।