मुग्लिन, ३० भदौ । गएरातीको अविरल बर्षासगैँ आएको पहिरोले इच्छाकामनामा आठ घरमा क्षती पु¥याएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलो बजारका आठ घरमा क्षती पु¥याएको हो । पहिरोले दुइ वटा मोटर साइकल, एक ÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको पत्रकार चित्र बहादुर गुरुङले जानकारी दिनुभयो । वडा नम्बर ६ कै राष्ट्रिय आधारभुत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षती पु¥याएको उहाँले जानकारी दिनुभयो ।
गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
पाँच किलो बजार नारायणगढ– मुग्लिन सडक खण्डमा पर्दछ । यस सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ६ चार किलो र पाँच किलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ –मुग्लिन सडक पुर्णरुपमा अवरुद्ध छ ।